“गौथलीको चिरबिरी” कवितामा रसविधान

Authors

  • Nirmala Dhakal

DOI:

https://doi.org/10.3126/sahayaatra.v9i1.95645

Keywords:

अङ्गीरस, अङ्गरस, सहयोगी रस, मानवतावादी चेतना

Abstract

प्रस्तुत लेखमा गौँथलीको चिरिबिरी कवितामा रसविधानको विश्लेषण गरिएको छ । पुस्तकालयबाट सामग्री सङ्कलन गरी प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको यस लेखमा गुणात्मक अनुसन्धान पद्धति र पाठविश्लेषण विधिलाई उपयोग गरिएको छ । निगमनात्मक विधिमा सम्पन्न गरिएको यस लेखको सैद्धान्तिक आधार र अवधारणाका रूपमा संस्कृत काव्यचिन्तनलाई उपयोग गरिएको छ । रस वाङ्मयको भावनिर्मितिसँग सम्बन्धित अर्वाचीन सिद्धान्त हो । यसले कृतिमा अभिव्यक्त भएका कथ्यविषयलाई पाठकदे कसरी भावबोध गर्दछन् भन्ने पक्षलाई केन्द्रविन्दुमा राखी पाठको अध्ययन गर्दछ । प्रस्तुत गौँथलीको चिरिबिरी कवितामा अङ्गीरसका रूपमा शान्त रसको प्रयोग गरिएको छ । महाविनासकारी भूकम्पका कारण त्रसित मानसिकतामा बाँच्न बाध्य व्यक्तिलाई मानवेतर पात्रका माध्यमबाट ‘सम’ को दीक्षा दिइएको यस कवितामा मान्छे मानहितका लागि जन्मिएको हुनाले ऊ जहिल्यै मानवतावादी हुनुपर्ने कथ्यसन्देश प्रस्तुतिका लागि शान्तरसको प्रयोग गरिएको छ । यस लेखमा शान्तरसलाई परिपाक र रसप्रतीतिमा पुर्‍याउनका लागि महाविनासकारी भूकम्पको आभास दिने भयानक रस सहायक तथा मानवीय वेदनालाई देखाई वैराग्यबोधतर्फ प्रवृत्त गराउनका लागि करुण रस सहयोगी रसका रूपमा प्रयोग गरिएको विषयमा विमर्श गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2026-06-19

How to Cite

Dhakal, N. (2026). “गौथलीको चिरबिरी” कवितामा रसविधान. Sahayaatra सहयात्रा, 9(1), 87–93. https://doi.org/10.3126/sahayaatra.v9i1.95645

Issue

Section

Research Article