‘स्वर्ग र देवता’ कवितामा पूर्वीय दर्शन

Authors

  • Ishwar Chauhan नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्यालय https://orcid.org/0009-0000-1904-0035

DOI:

https://doi.org/10.3126/sahayaatra.v9i1.95643

Keywords:

पौरस्त्य, कर्म, वैराग्य, मुक्ति, स, सांसारिक बन्धन

Abstract

प्रस्तुत लेखमा ‘स्वर्ग र देवता’  कवितामा पूर्वीय दर्शनको खोजी गरिएको छ । पुस्तकालय स्रोतबाट तथ्य सङ्कलन गरिएको यस लेखमा प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ । पाठविश्लेषणमा आधारित यस अनुसन्धानमा पाठको पूर्वीय दार्शनिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । पूर्वीय दर्शनले बह्म, ईश्वर, माया, आत्मा, जीवन, मन, जगत्, कर्म, वैराग्य, मुक्ति आदि विविध पक्षमा निश्चित धारणा व्यक्त गर्दछ । यही पौरस्त्य दर्शनको सैद्धान्तिक पर्याधारमा टेकी कवितामा प्रकृति र पुरुष, बन्धनबाट मुक्ति, भौतिकता र आध्यात्मिकताको निरूपण गरिएको छ । शीर्षकको अभिधार्थलाई हेर्दा ‘स्वर्ग’ भन्नाले पुण्यआत्मा, मृत्युपछि सुखभोग गर्नजाने स्वर्गलोक भन्ने बुझिन्छ, भने ‘देवता’ भन्नाले मृत्यु रहित स्वर्गका प्राणी वा देव भन्ने बुझिन्छ । उक्ति वक्रताका दृष्टिले देवलोक जहाँ मृत्युहीनहरूको वाश हुन्छ भनी यहलोक र परलोकसम्बन्धी पौरस्त्य चिन्तन प्रवाहित छ । समग्र कविताको भावसौन्दर्यका दृष्टिले भौतिक सृष्टि र मानव सभ्यताको व्यापक विषयवस्तु समेटी प्रकृतिको मानवकीकरण गरिएको निरिश्वरवादी आध्यात्मिक चिन्तन व्यक्त छ । प्रकृति र पुरुषसम्बन्धी साङ्ख्या दर्शनले अगाडि सारेको मान्यता कविताले अङ्गीकार गरेको छ । कवितामा पृथ्वीलाई प्रकृति वा जडसत्ता र सूर्यलाई पुरुष वा चेतन सत्ताका रूपमा चर्चा गरिएको छ । पृथ्वीको अवस्थिति वा प्रकृतिको जड स्वरूप  जगच्चक्षु सूर्यले भोग गरेको दार्शनिक सन्दर्भ व्यक्त छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Ishwar Chauhan, नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक

Downloads

Published

2026-06-19

How to Cite

Chauhan, I. (2026). ‘स्वर्ग र देवता’ कवितामा पूर्वीय दर्शन. Sahayaatra सहयात्रा, 9(1), 79–86. https://doi.org/10.3126/sahayaatra.v9i1.95643

Issue

Section

Research Article