‘स्वर्ग र देवता’ कवितामा पूर्वीय दर्शन
DOI:
https://doi.org/10.3126/sahayaatra.v9i1.95643Keywords:
पौरस्त्य, कर्म, वैराग्य, मुक्ति, स, सांसारिक बन्धनAbstract
प्रस्तुत लेखमा ‘स्वर्ग र देवता’ कवितामा पूर्वीय दर्शनको खोजी गरिएको छ । पुस्तकालय स्रोतबाट तथ्य सङ्कलन गरिएको यस लेखमा प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ । पाठविश्लेषणमा आधारित यस अनुसन्धानमा पाठको पूर्वीय दार्शनिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । पूर्वीय दर्शनले बह्म, ईश्वर, माया, आत्मा, जीवन, मन, जगत्, कर्म, वैराग्य, मुक्ति आदि विविध पक्षमा निश्चित धारणा व्यक्त गर्दछ । यही पौरस्त्य दर्शनको सैद्धान्तिक पर्याधारमा टेकी कवितामा प्रकृति र पुरुष, बन्धनबाट मुक्ति, भौतिकता र आध्यात्मिकताको निरूपण गरिएको छ । शीर्षकको अभिधार्थलाई हेर्दा ‘स्वर्ग’ भन्नाले पुण्यआत्मा, मृत्युपछि सुखभोग गर्नजाने स्वर्गलोक भन्ने बुझिन्छ, भने ‘देवता’ भन्नाले मृत्यु रहित स्वर्गका प्राणी वा देव भन्ने बुझिन्छ । उक्ति वक्रताका दृष्टिले देवलोक जहाँ मृत्युहीनहरूको वाश हुन्छ भनी यहलोक र परलोकसम्बन्धी पौरस्त्य चिन्तन प्रवाहित छ । समग्र कविताको भावसौन्दर्यका दृष्टिले भौतिक सृष्टि र मानव सभ्यताको व्यापक विषयवस्तु समेटी प्रकृतिको मानवकीकरण गरिएको निरिश्वरवादी आध्यात्मिक चिन्तन व्यक्त छ । प्रकृति र पुरुषसम्बन्धी साङ्ख्या दर्शनले अगाडि सारेको मान्यता कविताले अङ्गीकार गरेको छ । कवितामा पृथ्वीलाई प्रकृति वा जडसत्ता र सूर्यलाई पुरुष वा चेतन सत्ताका रूपमा चर्चा गरिएको छ । पृथ्वीको अवस्थिति वा प्रकृतिको जड स्वरूप जगच्चक्षु सूर्यले भोग गरेको दार्शनिक सन्दर्भ व्यक्त छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Sahayaatra Nepal, Bhojpur

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.