नेपाली सांस्कृतिक लौकिक न्यायको अन्तर्वस्तु

Authors

  • सुशीलकुमार अधिकारी Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/sahayaatra.v7i1.66231

Keywords:

सांस्कृतिकता, संस्कृति, लौकिक न्याय, किरात दर्शन, आर्य संस्कृति

Abstract

प्रस्तुत लेख नेपाली लौकिक न्यायको अन्तर्वस्तु तथा नेपाली लौकिक न्यायको सांस्कृतिक पक्षको तुलनामा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्रीको उपयोग भएको छ । पुस्तकालयीय कार्य र क्षेत्रान्वेषणबाट प्राप्त सामग्रीका आधारमा तयार भएको यस लेखको सैद्धान्तिक आधार संस्कृतिसम्बन्धी मान्यता र अवधारणा नै हो । नेपाली समाज बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक सामाजिकता र राष्ट्रियताबाट निर्माण भएकाले यस विविधताभित्र रहेका ज्ञानसम्बन्धी दृष्टिकोण तथा तिनले प्रतिबिम्बन गरेको समान अवधारणाको विश्लेषण यस लेखमा भएको छ । यस लेखमा नेपाली र राई वान्तवा भाषामा ज्ञान र यसको सांस्कृतिक आधारको विश्लेषण र तुलनात्मक अध्ययन गरी प्राचीन वाङ्मयमा अभिव्यक्त भएका दृष्टिकोण तथा मौलिक संस्कृतिलाई अङ्गीकार गर्ने जनजातीय संज्ञानमा ज्ञानको स्थान र अवधारणा समान रहेको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
11

Author Biography

सुशीलकुमार अधिकारी, Tribhuvan University, Nepal

उपप्राध्यापक, संस्कृति विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर ।

Downloads

Published

2024-06-10

How to Cite

अधिकारी स. (2024). नेपाली सांस्कृतिक लौकिक न्यायको अन्तर्वस्तु. Sahayaatra सहयात्रा, 7(1), 111–119. https://doi.org/10.3126/sahayaatra.v7i1.66231

Issue

Section

Research Article