माधवी उपन्यासमा संस्कृति

Authors

  • दुर्गाबहादुर घर्ती Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/sahayaatra.v7i1.66219

Keywords:

जीवनशैली, संस्कार, रीतिरिवाज, लोकविश्वास, जात्रापर्व

Abstract

प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए पनि त्यसमा मौलिक प्रकारका संस्कृति प्रस्तुत परिवर्तन गरिएको छ । उपन्यासमा माधवी र गालव जस्ता यायावरीय पात्रका माध्यमबाट भारतका उत्तरी क्षेत्र र नेपालका केही भूभागका विभिन्न समाजका संस्कृति देखाउन सजिलो भएको छ । संस्कृति भनेको परम्परागत रूपमा समाजमा प्रचलित हुँदै आएका जीवनपद्धति, सामाजिक व्यवहार, आस्था, विश्वास, संस्कार, रीतिरिवाज, अनुष्ठान, जात्रापर्व, कला आदि हुन् । तिनै आधारमा माधवी उपन्यासमा चित्रित संस्कृतिको अध्ययन गरिएको छ । प्रस्तुत उपन्यासमा सामाजिक विकास क्रमिक रूपमा नभए पनि  समाजविकासका मातृसत्तात्मक युग, दासयुग, सामन्ती युग, पुँजीवादी युग र वर्गविहीन समाजवादी युगसम्मको समाज देखापर्दछन् । चौलामाताको वनायु जनपद मातृसत्तात्मक समाज हो र त्यसअन्तर्गत इभ्यग्राम र शैवालिक जनपद पनि पर्दछन् । मण्डलक जनपदमा खेतीको विकास नभएको तर पशुपालनको आरम्भ भएको देखिन्छ । शैवालिक जनपद निषादसमाज हो । अहिच्छत्र र कोशल जनपदमा दासप्रथा र दासविद्रोह पनि देखापर्दछ । ती दुवै ठाउँमा सामन्तहरूमध्येबाट वर्ष वर्षमा राजा चुन्ने प्रचलन रहेको पाइन्छ । कण्वग्राम र भोजनगरमा अन्न खेती भएको देखिन्छ । काशी महाजनपद हरेक कुराको विकास भएको, राजतन्त्रको उदय हुन लागेको र पुँजीको विकासका लागि ध्यान दिइएको देखिन्छ । त्यहाँ पानी माग्ने विभिन्न लोकसंस्कृति रहेको पाइन्छ । उशीनरको भोजनगर र सम्बाला मुक्त दासहरूद्वारा स्थापित समानतामा आधारित समाज हो । चम्पा विश्वामित्रको नयाँ जनपद हो । नियोगप्रथा त्यहाँको सर्वाधिक उल्लेखनीय कुरा हो । राजगृह पर्वतमा रहेको जनपद हो । कालधर मूसिक आफ्नो गाउँको धामी र प्रोहित हो । उसकी पत्नी प्राध्या चर्चित तान्त्रिक थिई । प्रतिष्ठानपुर गङ्गा र जमुनाको सङ्गममा रहेको स्थान हो । त्यहाँ एकातिर वैदिक अनुष्ठान भएको र अर्कातिर आसुरी तान्त्रिक विधि पनि चलिरहेको देखिन्छ । ययातिको समाजमा दस्तुर तिरेर मात्र माधवीलाई बिहे गर्न पाइने आसुरी पद्धति छ । तर स्वयम्वर पनि त्यहाँ स्वीकार्य छ । अर्कातिर वैदिक यज्ञयागादि पनि चलेको देखिन्छ । सम्बाला मुक्त दासहरूद्वारा स्थापित जनपद हो । ती मुक्त दासहरू पनि वैष्णवीभक्ति र धर्ममा आस्था राख्छन् । यी विभिन्न संस्कृतिमा केन्द्रित भएर अध्ययन गरिएको नदेखिएकाले यो अध्ययन गरिएको हो । प्रस्तुत अध्ययन गुणात्मक पद्धति र विषयवस्तुगत विश्लेषण विधिमा आधारित छ । संस्कृतिका विभिन्न पक्षलाई विश्लेषणको आधार बनाइएको छ । संस्कृतिको सूक्ष्म चित्रणमा प्रस्तुत उपन्यास सफल छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
56

Author Biography

दुर्गाबहादुर घर्ती, Tribhuvan University, Nepal

डा. दुर्गाबहादुर घर्ती, सहप्राध्यापक, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।

Downloads

Published

2024-06-10

How to Cite

घर्ती द. (2024). माधवी उपन्यासमा संस्कृति. Sahayaatra सहयात्रा, 7(1), 91–100. https://doi.org/10.3126/sahayaatra.v7i1.66219

Issue

Section

Research Article