बसाइँ उपन्यासमा सबाल्टर्न

Authors

  • अनिल अधिकारी Tribhuvan University, Nepal
  • माया घिमिरे Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/sahayaatra.v7i1.66218

Keywords:

सीमान्तीकृत, अधीनस्थ, सामन्तवादी, विचारधारा

Abstract

प्रस्तुत लेख बसाइँ उपन्यासको सबाल्टर्न विश्लेषणमा केन्द्रित छ । यस लेखमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट भएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा आधारित विश्लेषण ढाँचाको उपयोग भएको यस लेखको सैद्धान्तिक र अवधारणात्मक आधार सबाल्टर्न हो । सदियौँदेखि इतिहासबिहीन भएका वा बनाइएका समाजको किनारामा रहेर आवाजविहीन, इतिहासविहीन तथा अधिकारविहीन भएका वा बनाइएका समुदाय नै सबाल्टर्न  हुन् । विचारधारात्मक रूपले हेर्दा यसमा एकभन्दा बढी विचारको बहुलता रहेको छ । सबाल्टर्न अध्ययनमा सबै प्रकारका विभेदका कारण किनारीकृत हुनपुगेका सबै शोषित, पीडित अटाउन सक्ने भए पनि यस लेखमा मूलतः बसाइँ उपन्यासमा सबाल्टर्न सामाजिक संरचनाका एकाइ तथा समाजमा उनीहरूको स्थान, प्रभुत्व, विचारधारा र प्रतिरोधको अवस्थाको विश्लेषणमा केन्द्रित छ । तत्कालीन नेपाली समाजका विविध पक्ष र पाटालाई केलाउने उद्देश्यले सिर्जित बसाइँ उपन्यासमा वर्गीय भेदका कारण सत्तार सत्ताको वर्चस्व उच्च वर्गमा निहित हुँदा निम्न वर्ग शोषित, अपमानित र निरीह हुँदै आफ्नो पुख्र्यौली थातबास साहूलाई सुम्पेर बसाइँ हिंड्नु परेको यथार्थ प्रतिबिम्बन भएको छ । उपन्यासमा सामन्त वर्गले अधीनस्थ वर्गका उत्पादनका साधन हडपेर निरूद्देश्य बसाइँ सर्न बाध्य बनाएको यथार्थ प्रस्तुत भएको छ । यस उपन्यासमा जातीय दृष्टिले उच्च जातिको, लिङ्गीय दृष्टिले पितृसत्ता (पुरूष) को र वर्गीय दृष्टिले उच्च वर्गको प्रभुत्व रहेको छ । लेखमा सबाल्टर्न वर्गमा प्रतिरोधको भावना खासै नदेखिएको र दमनकारी विचारधारा अभिव्यञ्जित रहेको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
22

Author Biographies

अनिल अधिकारी, Tribhuvan University, Nepal

उपप्राध्यापक नेपाली विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर ।

माया घिमिरे, Tribhuvan University, Nepal

उपप्राध्यापक, नेपाली विभाग, महेन्द्र राममणि बहुमुखी क्यापस, रूपन्देही ।

Downloads

Published

2024-06-10

How to Cite

अधिकारी अ., & घिमिरे म. (2024). बसाइँ उपन्यासमा सबाल्टर्न. Sahayaatra सहयात्रा, 7(1), 79–89. https://doi.org/10.3126/sahayaatra.v7i1.66218

Issue

Section

Research Article