आर्य संस्कृतिमा उपनयन संस्कार
DOI:
https://doi.org/10.3126/sahayaatra.v6i1.58491Keywords:
संस्कृति, सांस्कृतिकता, जनै, वैदिक कार्य, उपनयन, शुद्धिक्रियाAbstract
संस्कृत शब्दको परिस्कृत एवं परिमार्जित संस्कारहरूको समभावका रूपमा संस्कृति शब्द व्यवहृत, प्रयोग र प्रचलनमा रहेको छ । संस्कारले शुद्धिक्रिया जसमा मानिसका चारित्रिक अवगुण, कमी कमजोरी हरूलाई हटाई परिष्कार गर्ने काम एवं मानिस जैविक प्राणी भएकाले यसलाई सामाजिक प्राणी बनाउनमा योगदान दिने तत्वहरूको अर्थ संवहन गरेको हुन्छ । समाजको मानसक्रिया सम्बद्ध सम्पूर्ण तत्वहरूको समग्र रूप नै संस्कृतिका रूपमा परिभाषित रहेको छ । प्राणी जगतमा सर्वश्रेष्ठ प्राणी मानवले आफूलाई पूर्ण रूपमा विकसित गरिसकेपछि आफूलाई व्यवस्थित र आदर्शवान बनाउनका लागि विभिन्न किसिमका विधिविधानयुक्त क्रियाकलापमा आबद्ध गराएको हो । उपनयन संस्कार आर्य समुदायका लागि मानव वा व्यक्तिलाई सम्पूर्ण सांस्कृतिक कार्यका लागि योग्य तुल्याउने महत्त्वपूर्ण संस्कारका रूपमा रहेको छ । यो संस्कार बटुकलाई तयारी अवस्थामा राखी पिता, गुरू, आचार्य वा पण्डितको संलग्नता र उनीहरूको निर्देशनमा सम्पन्नगर्ने विधान रहेको छ । प्रारम्भमा उपनयन संस्कार अत्यन्त साधारण तरिकाबाट सम्पन्न गर्ने गरिन्थ्यो । त्यतिबेला वेद अध्ययनको लागि तयार हुने र पछिल्लो पिँढीलाई अध्ययन अगाडि बढाउन पिताले नै गुरूको भुमिका निर्वाह गर्ने गर्दथे । व्राह्मण बटुकलाई वेदपठनको दीक्षा दिने मार्गप्रसस्त गर्न सञ्चालन गरिने उपनयन संस्कारमा मूलभूत रूपमा वैदिक विधानका माध्यमबाट यज्ञ सम्पन्न गर्ने विधान रहेको छ । यस लेखमा उपनयन संस्कार अन्तर्गत गरिने मूलभूत उपसंस्कारका रूपमा आउने मण्डप निर्माण, कर्ता र कर्ताका अभिभावकका बीचको सहभोज , वैदिक विधान अनुसारको स्नान, कौपिन, लगौंटी, यज्ञोपवित, ओजिन धारण, दण्डदान विधि र मन्त्रदानका कार्यक्रम सम्पन्न गर्ने क्रममा बीचबीचमा विभिन्न प्रतीकात्मक कार्यक्रम पनि सञ्चालन गर्ने प्रावधान रहेको छ । यसका अतिरिक्त कर्ता अर्थात् वटुकलाई भिक्षादान, मन्त्रदान र त्रिरात्रब्रत जस्ता कार्यलाई आर्य संस्कार प्रदत्त वैदिक विधानका आधारमा सम्पन्न हुने निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.