पागल कवितामा रसविधान
DOI:
https://doi.org/10.3126/sahayaatra.v6i1.58489Keywords:
विभाव, अनुभाव, सञ्चारिभाव, स्थायी भाव, रसानुभूति, रसप्राप्तिAbstract
प्रस्तुत लेख लक्ष्मीप्रसाद देवकोटाको पागल कवितामा रसविधान मूल समस्यामा केन्द्रित रहेको छ । मूल समस्याको समाधानका लागि रसप्राप्तिका रूपमा हास्य, शृङ्गार र शान्तरसको अवस्था, अङ्गरसका रूपमा रौद्र, र वीररसको प्रयोग तथा अङ्गीरसका रूपमा अद्भूत रस प्रयोग जस्ता शोध्यप्रश्न निर्धारण गरिएका छन् । सामग्री विश्लेषणका लागि पाठविश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचालाई उपयोग गरिएको लेखको पूर्णताका लागि रससूत्रलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरी निष्कर्षमा पुग्नका लागि विश्लेषणात्मकविधि अवलम्बन गरिएको छ । रससिद्धान्तको आधार भरतमुनिले स्थापना गरेको ‘विभावानुभावव्यभिचारिसंयोगाद्रसनिष्पत्ति’ रससूत्र रहेको छ । प्रस्तुत रससूत्रले विभाव, अनुभाव र सञ्चारिभावको संयोगबाट रसनिष्पत्ति अर्थात् रसको निर्माण हुने आधार प्रस्तुत गरेको छ । यस रससूत्रका आधारमा विभाव, अनुभाव, र सञ्चारिभावले मानव चित्तमा सुसुप्तावस्थामा विद्यमान रहेको स्थायी भावलाई जागृत गराई रसानुभूति निर्माण गर्दछन् भन्ने पक्षको सैद्धान्तिक आधार निर्माण गर्दछ । कवितामा अङ्गीरस रहेको अद्भूतरसको पृष्ठपोषण गर्ने सन्दर्भमा अङ्गरसको रूपमा हास्य, शृङ्गार, शान्त, रौद्र तथा अंशतः वीररसको उपस्थिति रहेको छ । कविताका विभिन्न सन्दर्भमा आएका अन्य रसको उपस्थिति अद्भूतरसलाई फलागम अर्थात् मूलभावमा स्थापित गर्ने प्रयोजनका लागि भएको हो । प्रस्तुत कविताको भाव संयोजनका लागि परस्परमा विरोधी र समान प्रकृतिका मित्ररसको प्रयोग सन्तुलित रूपमा भएको छ । कथ्यकथनको विषय परचक्रीको दुराशयपूर्ण कथनका कारण सम्बोधकको मानसिकतामा आएको आवेश र त्यसको तात्कालिक प्रतिउत्तरका क्रममा आवेशले विश्मयको स्वरूप ग्रहण गर्ने सन्दर्भमा अद्भूतरसले कवितामा अङ्गीरसको स्थान प्राप्त रहेको विषयमा विमर्श भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.