समकालीन विश्वमा प्रजातन्त्र र यसका प्रारूपहरू
DOI:
https://doi.org/10.3126/sahayaatra.v6i1.58482Keywords:
आत्मनिर्णय, डेमोक्रेटिया, वेस्टमिन्स्टरियल, समानुपातिक, समावेशीAbstract
समकालीन विश्वमा प्रजातन्त्र राज्यको शासन सञ्चालन गर्ने एउटा आधारभूत राजनीतिक मापदण्ड बनेको छ । प्रजातन्त्रको मानक के हुन सक्दछ भन्ने प्रश्नमा विद्वानहरू एकमत छैनन् । सामान्यतयाः प्रजातन्त्रमा आम जनताहरू राज्यको शासन सञ्चालन प्रक्रियामा सामेल हुनु पर्दछ भन्ने मानिन्छ । विश्वमा प्रजातन्त्रका लागि विभिन्न प्रारूपहरू प्रतिपादन गरिएका छन् । वेस्टमिन्स्टरियल, उदार, सहभागी, समावेशी र अध्यक्षात्मक लगायत विभिन्न प्रारूपहरू प्रजातन्त्रका प्रचलित प्रारूपहरू हुन् । यो लेख तयार गर्ने सन्दर्भमा मुख्य दुई वटा प्रश्नहरू समस्या कथनका रूपमा उठाइएका छन् । पहिलो, समकालीन विश्वमा प्रजातन्त्रको मानक केलाई मानिन्छ ? दोस्रो, समकालीन विश्वमा प्रजातन्त्रका के कस्ता प्रारूपहरू रहेका छन् ? यिनै दुई प्रश्नको उत्तर खोज्नु यो लेखको प्रमुख उद्देश्य हो । वर्णनात्मक ढाँचामा तयार गरिएको यो लेख मुख्यतः गुणात्मक प्रकृतिको रहेको छ । द्वितीय स्रोतबाट प्राप्त तथ्यहरूमा आधारित यो लेख ए.पि.ए. छैठौं संस्करणबाट निर्देशित छ । प्रजातन्त्रको सर्वसम्मत मानक बहसको विषय भए तापनि समाजमा विद्यमान प्रत्येक वर्ग, समुदाय, क्षेत्र र लिङ्गको समानुपातिक प्रतिनिधित्व हुने खालको समावेसी शासन स्वरूपको राजनीतिक पद्धतिलाई समकालीन विश्वमा सर्वोत्तम प्रजातन्त्रको प्रारूप मानिन्छ । यसकारण सर्वोत्तम मानिन्छ कि, यस प्रकारको प्रजातान्त्रिक प्रारूपले कुनै पनि वर्ग, समुदाय, क्षेत्र र लिङ्ग राज्यको शासन प्रक्रियाबाट बहिष्करण हुनुबाट बचाउँदछ । यस प्रारूपको प्रजातन्त्रले शासन सञ्चालनमा अपनत्वको महसुस गराउँदछ र विद्रोह वा अलगावको राजनीतिक दुर्घटनाबाट राज्य, समाज र मानव जातिलाई सुरक्षित राख्दछ ।
Downloads
30
7