गोलार्द्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषण
DOI:
https://doi.org/10.3126/sahayaatra.v6i1.58477Keywords:
पारस्परिक सम्झौता, आलोपालो, विषय व्यवस्थापन, कथन युग्मAbstract
प्रस्तुत लेख गेलार्धका दुई छेउ एकाङ्कीको संवाद विश्लेषणकेन्द्री रहेको छ । उक्त एकाङ्कीमा पारस्परिक सम्झौता, आलोपालो, विषयको व्यवस्थापन र कथन युग्मको आधारमा संवादको विश्लेषण गरिने यो लेख गुणात्मक अनुसन्धान विधि तथा वर्णनात्मक र विश्लेषणात्मक ढाँचामा तयार भएको छ । भाषिक संरचनाको माथिल्लो एकाइ मानिने संकथनमा संबोधक र संबोधित समक्ष प्रस्तुत भएको कथ्य विषयमा आएका संवाद विश्लेषणका आधार के कसरी निर्धारित हुन्छन् ? भन्ने पक्षका आधारमा पाठको विश्लेषण गर्ने मानक संवाद विश्लेषण हो । प्रस्तुत गोलार्द्धका दुई छेउ एकाङ्कीमा रहेका प्रमुख पात्रका बीच पारस्परिक सम्झौता, क्रिया, प्रतिक्रिया, अनमेल विचार र आफ्नै कथनप्रति स्थिर प्रकृतिको भए पनि अर्काको भावलाई स्वीकार गरी प्रस्तुत भएको छ । संवादका लागि आवश्यकीय आलोपालो प्रक्रियाको उचित ख्याल गरिएको यस एकाङ्कीमा नारी र पुरुष पात्र दुबै सशक्त भूमिकामा रही विषयको व्यवस्थापन अन्तर्गत नेतृत्व लिन सक्षम रहेबको तथा विषय व्यवस्थापनमा समानान्तर शक्तिशााली अवधारणा राख्ने नारी र पुरुष पात्रका बिचको कथन युग्म शक्तिशाली रूपमा मुखरित रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
12
6