पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
DOI:
https://doi.org/10.3126/sahayaatra.v6i1.58426Keywords:
प्रतिभा, व्युत्पत्ति, अभ्यास, स्फूरण, लोकपर्यवेक्षणAbstract
प्रस्तुत लेख पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु मूल समस्यामा केन्द्रित रहेको छ । मूलशोधसमस्याको समाधानका लागि प्रतिभापरक सृर्जनात्मक हेतुको अवस्था, व्युत्पत्ति र अभ्यासपरक सृजनात्मक हेतुका लागि अलग्गै शोध्यप्रश्न निर्धारण गरिएको छ । पुस्तकालयीय कार्यसम्बद्ध प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्री उपयोग भएको यस लेखको पूर्णताका लागि गुणात्मक अनुसन्धान ढाँचा, विश्लेषणविधि तथा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय काव्यचिन्तनअन्तर्गतको सिर्जनात्मक हेतु विषयक सिद्धान्त उपयोग भएको छ । साहित्य सृजनाका लागि स्रस्टा, सृजनात्मक ज्ञान र निरन्तर सृजनात्मक अभिवृत्तिलाई प्रतिभा, व्युत्पत्ति र अभ्यास पूर्वीय काव्यचिन्तनमा मूल्याङ्कनका प्रतिमानका रहेका छन् । स्रस्टा र सृजनाको कारकलाई परस्परमा जोड्ने विषयका रूपमा काव्यहेतुलाई सिद्धान्ततः मानव मानसिकतामा अवशिष्ट प्राकृत द्वन्द्वात्मक विचारको स्फूरण वा कल्पना तत्त्वलाई समन्वय गरी सम्यक र सन्तुलित रूपमा संयोजन गरी अभिव्यञ्जना गर्नसक्ने स्रष्टाको वस्तुजगत विषयक बृहत् अध्ययन, लोकपर्यवेक्षण र साहित्याध्ययनबाट प्राप्त ज्ञानलाई अभ्यासको निरन्तर शृङ्खलासँग जोडिने स्फूरण, ज्ञान र साधनाको त्रिपक्षीय अन्वयका रूपमा संश्लेषण गर्न सकिन्छ । उपर्युक्त सैद्धान्तिक प्राप्तिका अन्तर्यमा पिँजराको सुगा कवितालाई विश्लेषण र मूल्याङ्कन गर्दा लेखनाथमा अन्य हेतुका तुलनामा प्रतिभाको स्थान उच्च र सहजात रहेको छ । यही सहजात प्रतिभाका कारण प्रस्तुत कविता सामाजिक, मनोवैज्ञानिक, राजनीतिक र विश्वपरिवेशसमेतलाई संश्लेषण गरी भावगत द्वन्द्वात्मकताअन्तर्गत आएका अनेकौं विषयलाई अत्यन्त सम्यक र सन्तुलित ढाँचामा प्रस्तुत गरी अति सामान्यदेखि बौद्धिक पाठकसमेतका लागि ग्राह्य, पठनीय तथा समालोचक अनुसन्धानकर्ताका लागि विश्लेषणीय सामग्री बन्न पुगेको छ । नेपाली समाजको राजनीतिक र सामाजिक व्यवस्थालाई एउटा विशेषणमा सीमित गरी त्यसकै केन्द्रविन्दुमा राखेर प्रस्तुत गर्ने चातुर्यपूर्ण कलाका लागि लोकपर्यवेक्षणको गहन अनुभवलाई काव्यिक बुनोट प्रदान गर्ने कविमा अभ्यासको भूमिका पूर्वापर दुई हेतुकै समानान्तर सशक्त रहेको छ । कविकल्पना शक्ति, ज्ञान र अनुभवबाट प्राप्त सामग्रीलाई सहज तथा चातुर्यपूर्ण रूपमा सिर्जनाका माध्यमबाट अवतरण गराउनका लागि कविको सिर्जनाप्रतिको निष्ठा र दीर्घसाधनाबाट मात्र संभव हुने विषयको सशक्त प्रमाणको रूपमा प्रस्तुत कविता रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
12
8