हारजित कथामा सीमान्तीयता {Marginality in the Harjit narrative}

Authors

  • सीता Sita अधिकारी Adhikari Thapa महेन्द्र बहुमुखी क्याम्पस, धरान

DOI:

https://doi.org/10.3126/sahayaatra.v5i1.57204

Keywords:

सामाजिक संरचना, प्रतिनिधित्व, वर्गीय विभेद, प्रतिरोध, प्रभुत्व

Abstract

प्रस्तुत लेखमा भवानी भिक्षु (वि.सं.१९६६–२०३८) को हारजित कथामा सीमान्तीयता विश्लेषणसम्बद्ध रहेको छ । सीमान्तीयता दोस्रो विश्वयुद्धपछिको विश्वमा मानव समाजसम्बद्ध हरेक विषयलाई हेर्ने नवीन चिन्तन तथा दृष्टिकोणको रूपमा विकसित सांस्कृतिक अध्ययनको एउटा अवधारणा हो । प्रस्तुत लेखको उद्देश्य मूलतः सीमान्तीयताका सैद्धान्तिक आधारहरूको पृष्ठभूमिमा रहेर हारजित कथाको सीमान्तीय पक्षको विश्लेषण गर्नु रहेको छ । सामाजिक यथार्थवादी विषयवस्तुमा रचित हारजित कथाले पश्चिम तराईको ग्रामीण सामाजिक जनजीवनको यथार्थ चित्रणसहित सीमान्त वर्गका समस्यालाई प्रस्तुत गरेको छ । तत्कालीन सामाजिक संरचनाका अवयवहरूले निर्मित पात्रगत, वर्गीय, लिङ्गीय तथा विचारधारात्मक रूपबाट विभेदकारी परम्परा कथामा चित्रण भएको छ । सीमान्तीयताका आधारबाट पात्रहरूको प्रतिनिधित्व तथा पहिचान प्रस्तुत भएको हारजित कथामा मूलतः निम्नवर्ग तथा नारीहरू सबै पक्षबाट उत्पीडित सीमान्तकृत बनाइएका छन् भन्ने अध्ययनको निष्कर्ष रहेको छ । विभेदक सामाजिक संरचनाले प्रभुत्वशाली तथा सीमान्तकृतमा विभाजित चरित्रहरूलाई सीमान्तीय पहिचानसम्बन्धी वर्गीय, लैङ्गिक, तथा विचारधाराको आधारमा हारजित कथाको पाठपरक विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
34

Author Biography

सीता Sita अधिकारी Adhikari Thapa, महेन्द्र बहुमुखी क्याम्पस, धरान

उपप्राध्यापक, नेपाली

Downloads

Published

2022-05-01

How to Cite

अधिकारी Adhikari Thapa स. S. (2022). हारजित कथामा सीमान्तीयता {Marginality in the Harjit narrative}. Sahayaatra सहयात्रा, 5(1), 131–140. https://doi.org/10.3126/sahayaatra.v5i1.57204

Issue

Section

Articles