राइटर बाजे कथामा लैङ्गिकता {Gender in Writer Baje's Fiction}
DOI:
https://doi.org/10.3126/sahayaatra.v5i1.57194Keywords:
नारीवाद, सामाजिक संरचना, पितृसत्ता, प्रभुत्व, सहअस्तित्वAbstract
प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित राइटर बाजे कथामा लैङ्गिकताको अध्ययन गरिएको छ । कथाकार विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली कथाका आरम्भकर्ता मध्येका एक तथा मनोवैज्ञानिक यथार्थलाई आख्यानीकरण गर्ने स्रस्टा हुन् । मानव मनका अन्तर्यलाई कथ्यविषयका रूपमा चयन गरी आख्यानात्मक पूर्णता दिने कोइरालाका कथा चरित्रप्रधान संरचनाका रहेका छन् । राइटर बाजे सांस्कृतिक सम्मिलन र सहअस्तित्वको विषयलाई यौन मनोविज्ञानको आवरणमा रचना गरिएको कथा हो । प्रस्तुत अध्ययनका लागि सोद्देश्यमूलक रूपमा चयन गरिएका प्रतिनिधि पूर्वकार्यको समीक्षा गरी रिक्तता स्थापित गरिएको छ । आख्यान शास्त्रीय र वैचारिक दर्शनका आधारमा प्रस्तुतकथाको अध्ययन भए पनि लैङ्गिकताका आधारमा अध्ययनमा रहेको रिक्ततालाई यस अध्ययनका लागि शोध समस्यानिर्धारण गरिएको छ । पाठविश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषण विधि अवलम्बन गरिएको यस अध्ययनको सैद्धान्तिक पर्याधार लैङ्गिकताले साहित्यक पाठलाई विश्लेषण गर्ने आधारलाई चयन गरिएको छ । लैङ्गिकता सांस्कृतिक अध्ययन अन्तर्गतको एउटा समालोचना पद्धति हो । यस अध्ययन पद्धतिभित्र साहित्यकारले कृतिमा प्रस्तुत गरेको महिला र पुरूषका सामाजिक सम्बन्ध र त्यसले निर्धारण गरेका सामाजिक/सांस्कृतिक निर्मितिको समालोचना गरिन्छ । लैङ्गिक अध्ययनअन्तर्गत लैङ्गिक समता र समविकाससँगै पितृसत्ता, लैङ्गिक प्रतिनिधित्व, लैङ्गिक सम्बन्ध, लैङ्गिकविभेद, यौनिकता, शरीर राजनीति, नारीवाद, लैङ्गिक प्रतिरोध जस्ता प्रतिमानका आधारमा कृतिको विश्लेषण गरिन्छ । पितृसत्ता भन्नाले पुरूषको प्रभुता वा वर्चस्व, सर्वोच्चता तथा परिवार र समाजमा पुरूषको शासन, सामाजिक संरचनाका महिलाको परनिर्भरता र पुरूषको महिलामाथिको अधीनतालाई देखाउने सामाजिक/सांस्कृतिक विचारधारा रहेको छ । कथाको प्रमुख पात्रको भूमिकामा नारीचरित्रको प्रयोग भएको कथामा लैङ्गिक समानतालाई विशेष स्थान दिइएको छ । कथामा आएका दृष्टान्तले परम्परागत ज्ञानको प्रसारण रहेको सामाजिक संरचनाभित्र लैङ्गिक समानता र समविकासको पक्षधरता पुष्टि गरेको छ । भोटिनीको भूमिकाले नारीकेन्द्री वर्चस्व स्थापना गर्ने विचारधारा र आफ्नोप्रतिरोधपूर्ण ज्ञानलाई अस्वीकार गरेको छ । अध्यात्मवादी दर्शनबाट अनुप्राणित पुरूषकेन्द्री पितृसत्तात्मक ज्ञान तथाउक्त ज्ञान निर्देशित सामाजिक संरचनाको वर्चस्वलाई प्रस्तुत गरेको छ । भाग्यवादी विचारधारा अङ्गीकार गरेकी भोटिनीले भाग्यवादलाई अवलम्बन गर्नुको मुख्य कारण आत्मसम्मान र पहिचान रहेको छ । यस तथ्यका आधारमा प्रस्तुत कथा अध्यात्मवाद अनुप्राणित पितृसत्ता तथा भाग्यवादी पुरूष वर्चस्वको संयोजन भएको रचनाका रूपमा रहेको छ । प्रस्तुत कथामा नारीवादको विषय नारी पुरूष सहअस्तित्व र नारी अस्तित्वको विषयसँग जोडिएर आएको छ । सामाजिक संरचनामा पुरूषकेन्द्री र नारीकेन्द्री पितृसत्ताको अभ्यास नेपाली सामाजिक संरचनामा प्रथाकै रूपमा रहेको छ । पुरूषकेन्द्री र नारीकेन्द्री पितृसत्ताले उत्पादन गरेका मानकलाई ध्वंश गरी आफ्नो जीवनचेतना अनुरूप जीवन बाँच्नका लागि नारीपुरूष सहअस्तित्व र आफ्नो स्वतन्त्र निर्णयका लागि अस्तित्वसँग जोडिएका सशक्त प्रतिकार सहितको नारीवाद अभिव्यञ्जित कथा रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.