भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}

Authors

  • निर्मला Nirmala ढकाल Dhakal

DOI:

https://doi.org/10.3126/sahayaatra.v5i1.57158

Keywords:

पितृसत्ता, सामन्तवाद, लैङ्गिक विभेद, नारीवाद, प्रतिरोध

Abstract

प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ्गिक स्थिति, कथामा पितृसत्ता, लैङ्गिक प्रतिनिधित्व र सत्तासम्बन्ध जस्ता प्रतिमानलाई आधार बनाइएको छ । भविष्ययात्रा आधार सामग्रीका रूपमा रहेको प्रस्तुत अध्ययनको सैद्धान्तिक पर्याधार निर्माणका लागि विभिन्न समालोचकका सैद्धान्तिक समालोचनामा समावेश गरिएका सामग्रीलाई उपयोग गरिएको छ । सामग्रीको विश्लेषणका लागि पाठ विश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको अध्ययनलाई निष्कर्षमा पु¥याउनका लागि विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । नेपाली कथा परम्पराको उत्तराद्र्ध चरणसम्बद्ध कथाकार ब्राजाकीका कथामा असमान नेपाली सामाजिक संरचनामा विद्यमान असमानता र विभेदको चित्रण पाइन्छ । असमान सामाजिक संरचनामा पितृसत्ताले दमन गरेको नारीको वास्तविकता प्रस्तुत हुने यिनका प्रतिनिधि कथामध्येको एउटा सशक्त कथाका रूपमा भविष्ययात्रा कथा रहेको छ । आधारभूत सैद्धान्तिक मान्यता र विचारधाराका दृष्टिले नारीवादको विषय नारीकेन्द्री अधिकार प्राप्त गर्ने प्रयोजनका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनले स्थापना गरेका मान्यताको समष्टिका रूपमा परिचित रहेको छ । राजनीतिक विषय रहँदारहँदै पनि साहित्यका रहेका नारी विषयक भाष्यका आधारमा साहित्यिक पाठको समालोचना गर्ने अध्ययन पद्धतिको स्थान पनि यस सिद्धान्तले प्राप्त गरेको छ । भविष्ययात्रा कथामा सामन्तवादी पितृसत्ताका कारण विभेदमा परेका नारीको यथोचित् चित्रण भएको छ । शासकीय चरित्रको भूमिकामा मञ्चीय रूपमा उपस्थित पात्रमा भाइ नाइके, ऊ, मित्र, उमेश, बालकृष्ण, मीनाको छोरो रहेका छन् । नारी पात्रका रूपमा मीना, मित्रपत्नी, उसकी आमा, मीनाकी छोरी र भाइ नाइकेलाई गोप्य रोग सार्ने महिलाको प्रतिनिधित्व रहेकोछ । साङ्ख्यिक दृष्टिले कथामा नारी र पुरूष पात्रको समान प्रतिनिधित्व रहेको छ । कथाले समाज परिवर्तन र सामाजिक रूपान्तरणका लागि नारी उत्थान र सामाजिक संरचनामा नारी समता र समानता पुरूषकै तुलनीय समानान्तर रूपमा क्रियाशील हुनुपर्ने अवधारणा प्रस्तुत गरेको छ । पञ्चायतकालीन सामन्तवादी पितृसत्तात्मक राज्यव्यस्था र त्यसले उत्पादन गरेको ज्ञानलाई अङ्गीकार गरेको सामाजिक संरचनाले नारीलाई विषयवासनाको परिपूर्तिको माध्यम मानेर दमनका विरूद्ध राजनीतिक व्यवस्थाको परिवर्तनले सृजना गरेको स्वतन्त्रताका कारण नारीसमाजमा विकसित बन्दै गएको प्रतिरोध चेतनालाई कथाले प्रतिवादको विषय बनाएको छ । नारीप्रति गरिने विभेदको प्रतिकार नारीबाट मात्र सम्भव नदेखेपछि लैङ्गिक समानताको पक्षधर पुरूष समाज प्रतिरोधका लागि अग्रसर बनेको छ । परम्परित पितृसत्ताले निर्धारण गरेको विधान विपरीत दोस्रो विवाह गर्नु लैङ्गिक स्वतन्त्रताका लागि नारीले गरेको सशक्त प्रतिकार सिद्ध बनेको छ । सारतः प्रस्तुत कथाले अध्यात्मवादी पितृसत्ताले निर्धारण गरेको लैङ्गिक मानकलाई उलङ्घन गरी मीनाले दोस्रो विवाह गर्नु आफैमा नारी स्वतन्त्रता र अधिकारका लागि अहम् निर्णय रहेको पक्षलाई ऊ पात्रबाट अनुमोदन गराई लैङ्गिक समानता र नारीको निर्णय गर्ने स्वतन्त्रतालाई समर्थन गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
53

Author Biography

निर्मला Nirmala ढकाल Dhakal

विद्यावारिधि शोधार्थी (नेपाली)

Downloads

Published

2022-05-01

How to Cite

ढकाल Dhakal न. N. (2022). भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}. Sahayaatra सहयात्रा, 5(1), 87–95. https://doi.org/10.3126/sahayaatra.v5i1.57158

Issue

Section

Articles