सुशासन, विकास र स्थानीय सरकारः एक अध्ययन {Governance, Development and Local Government: A Study}

Authors

  • पर्वतकुमार Parbatkumar राई Rai भोजपुर बहुमुखी क्याम्पस, भोजपुर

DOI:

https://doi.org/10.3126/sahayaatra.v5i1.57157

Keywords:

बेरूजु, प्रत्याह्वान, इमान्दारिता, आपूर्ति, आवश्यकता

Abstract

सुशासन असल कार्यसँग सम्बन्धित छ । सरोकारका सबै पक्षको उपस्थितिमा आवश्यक्ता पहिचान गर्ने र सबैले थाहा पाउने गरी कार्य सम्पादन गर्ने शैली सुशासन हुन्छ । किन भयो, कति भयो, के भयो, कसरी भयो र केका लागि भयो जस्ता प्रश्नको उत्तर सहित सम्पन्न हुने कार्य सुशासन हो । जनचाहना र आवश्यकताहरूको आपूर्तिमा हुने सापेक्षित बृद्धिको अवस्था विकास हुन्छ । आवश्यक्ता सापेक्ष आपूर्ति भयो वा भएन भन्ने प्रश्न विकाससँग सम्बन्धित हुन्छ । यस सन्दर्भमा सुशासन, विकास र स्थानीय सरकारबीच के अन्तरसम्बन्ध हुन्छ ? सुशासन र बिकासको सापेक्षमा भोजपुर नगरपालिका र आमचौक गाउँपालिकाको अवस्था कस्तो रहेको छ ? यो आलेखमा यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास भएको छ । इमान्दारिता, पारदर्शिता र सहभागिताका साथै शक्तिविन्यास सहमतिको राजनीतिक वातावरणबाट मात्र विकासको प्रादुर्भाव हुन्छ भन्ने यो आलेखको निष्कर्ष हो । । वर्णनात्मक ढाँचाबाट तयार गरिएको यो आलेख गुणात्मक स्वरूपमा रहेको छ । यो द्वितीय श्रोतबाट प्राप्त भएको तथ्याङ्कको उपयोगमा आधारित छ । बिभिन्न वेभसाईट, पुस्तक र जर्नल द्वितीय स्रोतका रूपमा उपयोग गरिएको छ । एपिए पब्लिकेसन म्यानुअल, छैठौं संस्करण अनुसरण गरी साइटेसन, कोटेसन र रिफरेन्स तयार गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
PDF
369

Author Biography

पर्वतकुमार Parbatkumar राई Rai, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर


सहप्राध्यापक, राजनीतिशास्त्र

Downloads

Published

2022-05-01

How to Cite

राई Rai प. P. (2022). सुशासन, विकास र स्थानीय सरकारः एक अध्ययन {Governance, Development and Local Government: A Study}. Sahayaatra सहयात्रा, 5(1), 75–86. https://doi.org/10.3126/sahayaatra.v5i1.57157

Issue

Section

Articles