स्वरान्त धातुमा रूपायक प्रत्यय जोडिँदा हुने रूपध्वन्यात्मक परिवर्तन {Morphological changes in vowels when suffixes are added}

Authors

  • खगेन्द्र Khagendra जोशी Joshi सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस

DOI:

https://doi.org/10.3126/sahayaatra.v5i1.57156

Keywords:

आदेश, आगम, लोप, धातु, रूपायक प्रत्यय

Abstract

प्रस्तुत लेखमा नेपाली भाषामा प्रयुक्त स्वरान्त धातुमा रूपायक प्रत्यय जोडिँदा हुने रूपध्वन्यात्मक परिवर्तनकोअध्ययन गरिएको छ । नेपाली भाषामा पाइने स्वरान्त धातुमा रूपायक प्रत्यय जोडिँदा केकस्तो रूपध्वन्यात्मक परिवर्तन हुन्छ भन्ने विषयवस्तुमा अध्ययन केन्द्रित छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचामा रहेको छ । लेखका लागि आवश्यक सामग्री पुस्तकालय कार्यबाट र नेपाली मातृभाषी वक्ताबाट सङ्कलन गरिएको छ । यसका साथै नेपाली भाषाको अध्ययनमा संलग्न अन्य अध्ययतासँगको परामर्श र पुस्तकालय कार्यबाट प्राप्त सामग्रीको पनि यथोचित प्रयोग गरिएको छ । ध्वन्यात्मक परिवर्तनसँग सम्बद्ध सैद्धान्तिक पक्षको अध्ययनका लागि सन्धिनियमबारे चर्चा गरिएका परम्परागत व्याकरणका पुस्तक तथा रूपध्वनि विज्ञानसम्बद्ध आधुनिक भाषाविज्ञानका पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा उपयोग गर्दै सामग्री सङ्कलन गरिएको छ । यसरी सङ्कलित सामग्रीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै निष्कर्ष निकाल्ने र नियम प्रतिपादन गर्ने काम गरिएकाले सामग्रीको विश्लेषण गर्न आगमन विधिकोउपयोग गरिएको छ । नेपाली भाषामा पाइने धातुहरू व्यञ्जनान्त र स्वरान्त गरी दुई किसिमका छन् । स्वरान्त धातुलाई पनि एकस्वरान्त र द्विस्वरान्त गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । धातुको अन्त्यमा एउटा स्वर मात्र रहेको छ भने त्यस्ता धातुलाई एक स्वरान्त धातु भनिन्छ भने धातुका अन्त्यमा द्विस्वर भएमा त्यस्ता धातुलाई द्विस्वरान्त धातु भनिन्छ । कुनै दुई ध्वनि एकअर्काको नजिक हुँदा ध्वनि उपस्थित हुने परिवेशका कारणले ती दुई ध्वनिमध्ये कुनै एउटा ध्वनिमा वा दुवै ध्वनिमा परिवर्तन आए त्यस्तो परिवर्तनलाई रूपध्वन्यात्मक परिवर्तन भनिन्छ । नेपाली भाषाका स्वरान्त धातुमा रूपायक प्रत्यय जोडिएर क्रियापद बन्दा धातु र रूपायक प्रत्ययको प्रकृति अनुसार भिन्नभिन्न किसिमको रूपध्वन्यात्मक परिवर्तन हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
159
PDF
152

Author Biography

खगेन्द्र Khagendra जोशी Joshi, सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस

उपप्राध्यापक, नेपाली

Downloads

Published

2022-05-01

How to Cite

जोशी Joshi ख. K. (2022). स्वरान्त धातुमा रूपायक प्रत्यय जोडिँदा हुने रूपध्वन्यात्मक परिवर्तन {Morphological changes in vowels when suffixes are added}. Sahayaatra सहयात्रा, 5(1), 65–73. https://doi.org/10.3126/sahayaatra.v5i1.57156

Issue

Section

Articles