वर्तमान भोजपुरमा गोर्खाली आक्रमण {Gorkhali invasion of present-day Bhojpur}

Authors

  • इन्द्रदेव Indradev राई Rai भोजपुर वहुमुखी क्याम्पस, भोजपुर

DOI:

https://doi.org/10.3126/sahayaatra.v5i1.57155

Keywords:

धर्म, परम्परा, संस्कार, गैरकिरात, किराँत

Abstract

नेपाल एकीकरण भनौ या गोर्खा राज्य विस्तार अभियान, भन्दा धेरै अघिदेखि नै यस भोजपुर माझ किरात क्षेत्रभित्र किरात राईहरू बसोवास गर्दै आएका र यस क्षेत्रको राजनीतिक, आर्थिक पक्षमा उनीहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको कुरा विभिन्न प्रकाशित साहित्य,लेख रचनाहरूमा उल्लेख भएको छ । मुकुन्द सेनको राज्य विस्तारको क्रममा यो माझ किरात भोजपुर पनि सेन राज्यभित्र रहन गयो । सेन राज्यभित्र यो माझ किरात भोजपुर रहेता पनि यहाँको हर्ताकर्ता वा शासन प्रणालीमा यहाँ कै किरात राईहरूको भूमिका रहेको थियो । सेन शासन कालमा पहाड तिरको शासन सञ्चालनको लागि प्रमुख केन्द्र (राजधानी) चौदण्डीमा रहेको थियो । त्यहीँ रहेर पहाडतिरको प्रशासन सञ्चालन हुन्थ्यो । प्रशासन सञ्चालनको क्रममा किरात राईहरूको बढी भूमिका रहेको हुनाले सेन शासन कालमै यो भूमिमा प्रवेश गरेका गैर किरातहरू सन्तुष्ट थिएनन् । जसरी भए पनि यो राज्यमा आफ्नो भूमिका बढी रहोस् भन्ने गैरकिरातहरूको चाहना रहेको थियो । त्यसका लागि सेन राजालाई हटाउन अनिवार्य थियो । विकल्प खोज्दै जाँदा गोर्खाली राजा पृथ्वी नारायण शाहले गोर्खा राज्य विस्तार गर्दै काठमाडौं उपत्यका कब्जा गरी नुवाकोटमा बसिरहेका समयमा यस राज्य अन्तरगत पर्ने खार्पाका धनाढ्य हरिनन्दन पोखरेल र चौदण्डीका कर्मचारी स्वरूपसिंह कार्कीले नुवाकोट गई पृथ्वीनरायण शाहलाई भेटी माझ किरातमाथि हमला गरी कब्जा गर्न सुझाव दिए । सोही अनुसार गोर्खाली सेनाहरूलाई गैर किरातहरूको भरपुर सहयोगले यस भोजपुर माझ किरातमा हमला गराई बि.सं.१८३० मा गोर्खा राज्यमा भनौ वा नेपाल एकीकरणमा यो समाहित हुन गयो ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
40

Author Biography

इन्द्रदेव Indradev राई Rai, भोजपुर वहुमुखी क्याम्पस, भोजपुर

उपप्राध्यापक, इतिहास

Downloads

Published

2022-05-01

How to Cite

राई Rai इ. I. (2022). वर्तमान भोजपुरमा गोर्खाली आक्रमण {Gorkhali invasion of present-day Bhojpur}. Sahayaatra सहयात्रा, 5(1), 59–63. https://doi.org/10.3126/sahayaatra.v5i1.57155

Issue

Section

Articles