भिखारी कविता संग्रहका कवितामा अलङ्कारविधान {Alankaravidhana in the poems of the collection of Bhikhari poems}
DOI:
https://doi.org/10.3126/sahayaatra.v5i1.57154Keywords:
न्यायमूलक अर्थालङ्कार, शब्दालङ्कार, सादृश्यमूलक, विरोधमूलक, उक्तिचातुर्यमूलकAbstract
यस लेखमा भिखारी कवितासङ्ग्रहका कवितामा अलङ्कारविधानको निरूपण गरिएको छ । भिखारी कवितासङ्ग्रह लक्ष्मीप्रसाद देवकोटाका १९९२ सालदेखि २००९ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित फुटकर कविताको सङ्गृहीत पुस्तकाकार कृति रहेको छ । प्रस्तुत कृतिमा बाईस कविता सङ्कलित रहेका छन् । नेपाली कविताको आधुनिककालीन सन्दर्भको विवेचनाका साथै स्वतन्त्र अध्ययनका क्रममा यस कवितासङ्ग्रहका कविताको विधा सैद्धान्तिक, प्रवृत्तिपरक, मूल्यनिर्णयात्मक तथा वैचारिक अध्ययनका क्रममा उल्लेख भए पनि संस्कृतकाव्य चिन्तन अन्तर्गत अलङ्ककारविधानका कोणबाट हुन नसकेको रिक्तताको परिपूर्तिमा यो लेख केन्द्रित रहेको छ ।संस्कृत काव्यचिन्तन अन्तर्गत अलङ्करविधानलाई सिद्धान्तका रूपमा चयन गरिएको यस लेखका यस कृतिमा प्रकाशित कवितामा शब्दालङ्कार र अर्थालङ्कारको अध्ययन भएको छ । मूलभूत रूपमा अध्ययनका क्रममा यस कवितासङ्ग्रहभित्र अनुप्रास, र यसका छेकानुप्रास, वृत्यानुप्रास, श्रुत्यानुप्रास तथा रूपम तथा अर्थालङ्ककारमध्ये सादृश्यमूलक अर्थालङ्कारका रूपमा उपमा, उत्प्रेक्षा, प्रतिवस्तुपमा, दृष्टान्त, स्मरण र व्यतिरेक, व्यतिरेकमूलक अलङ्कारका रूपमा प्रश्नोत्तर, विरोध,उक्तिचातुर्यमूलक अलङ्ककारका रूपमा परिकर तथा न्यायमूलक अलङ्कार काव्यलिङ्गको उपस्थिति तुलनात्मक रूपले सघन रहेको छ । प्रस्तुत लेखमा संस्कृत काव्यचिन्तनले स्थापित गरेका अलङ्कार विषयक सिद्धान्तका आधारमा भिखारी कवितासङ्ग्रहमा सङ्गृहीत कविताको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.