एकरात कथामा समाख्यानात्मक काल {Samaakhyanatmak Kaal in a One-night Story}

Authors

  • लतादेवी LataDevi पौडेल Poudel त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस विराटनगर Tribuvan University, Degree Campus, Biratnagar.

DOI:

https://doi.org/10.3126/rupantaran.v9i01.73572

Keywords:

असङ्गति Incongruity , घटना क्रम Sequence of events , समाख्यानात्मक क्रम Samaakhyanatmak order , समाख्यायित काल Samaakhyaita Kaal, आयाम Dimension

Abstract

प्रस्तुत लेखमा ‘एक रात’ कथामा समाख्यानात्मक कालको खोजी गरी त्यसको कथागत प्रभावकारिताको विश्लेषण गरिएको छ । यस कथामा समाख्यानात्मक  कालको मुख्य विषय निरङ्कुशता विरूद्ध हानिएको बम काण्डमा समातिएको किशोरलाई दिइने फाँसिको सजायसँग सम्बन्धित छ । समाख्यानमा प्रस्तुतीकरणको काल र प्रस्तुत भएको काल अर्थात् सङ्केतक काल र सङ्केतित काल दुई किसिमको कालको प्रस्तुति हुन्छ । आख्यानमा प्रस्तुत घटनाको समय, घटनाको क्रम, पात्रका मनोदशा, विचार उत्पन्न हुँदाको समय, घटनाको आवृत्ति, घटना प्रस्तुत गर्दा लेखकले प्रयोग गरेको कालका आधारमा समाख्यानात्मक कालका बारेमा अध्ययन गरिन्छ । एक रात कथामा समाख्यानात्मक काल र समाख्यायित काल फरक फरक छ । यस कथामा काल समाख्यानात्मक एक रातको भए पनि समाख्यायित काल आठ वर्षको छ । कथामा भूत र अभूत कालको प्रयोग गरिएको छ । यसमा पाचौँ अनुचछेददेखि पन्ध्रौँ अनुच्छेदसम्म समाख्यानात्मक क्रमको विचलन छ । जसमा जेलको कालकोठरीमा फाँसीको सजायलाई पर्खेर बसेको किशोरको मनमा उठेका असामान्य मृत्युप्रतिका धारणाहरू, पारिवारिक तथा विद्यार्थी जीवनमा घटेका घटनाहरूको पुनस्मरणलाई समेटिएको छ । कथामा उक्त घटनाले अग्रभूमिकरणको काम गरेको छ । कथाको पाँचौँ अनुच्छेदका केही वाक्य बाहेक अन्य अनुच्छेदहरूमा भूतकालिक क्रिया पदको प्रयोग गरिएको छ । प्रस्तुत कथामा घटनालाई प्रस्तुत गर्ने क्रममा समाख्याताले कथासंसार भन्दा बाहिर बसेर तत्कालीन परिस्थति तथा घटनाको वर्णन, पात्रको मनोदशाको चित्रण गर्नका लागि भूतकालिक क्रियाको प्रयोग गरेको छ । यसमा समाख्याताले पूर्वघटित घटनालाई समाख्यानको अग्रभूमिकरणका क्रममा र एक रातको समयमा घटित घटनालाई तात्कालिक समाख्यानात्मक  क्रमका रूपमा वर्णन गरेको छ । यसमा समाख्यायित कालको समय अवधि आठ / नौ वर्षको  र समाख्यानात्मक कालको अवधि एक रातको रहेकाले समाख्यानात्मक कालले  भन्दा समाख्यायित कालले धेरै समय ओगटेको निष्कर्ष निकालिएको  छ । प्रस्तुत लेख तयार पार्नका लागि प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालय अध्ययनविधिबाट सङ्कलन गरिएको छ । यसमा समाख्यानात्मक कालको सैद्धान्तिक मान्यताका आधारमा कथामा तथ्यको खोजी गर्न पाठ विश्लेषण विधिको प्रयोग गरिएको छ । यसमा सन्दर्भ सामग्रीहरुको प्रयोगमा एपिए पद्धति अपनाइएको छ ।

{The present article explores the Samaakhyanatmak kaal in the story entitled 'One Night' and analyzes its narrative effectiveness. The main theme of Samaakhyanatmak kaal in this story is connected to the execution of the teenager arrested in the bombing case against tyranny. Samaakhyanatmak kaal incorporates two types of time: the time of presentation and the presented, namely, the indicative time and the indicated time. Samaakhyanatmak kaal, is studied based on the timing of the presented events, the sequence of those events, the characters' emotional states, the timing of thought generation, the frequency of events, and the time employed by the author in presenting the event. In the story 'One Night,' Samaakhyanatmak kaal and Samaakhyaita Kaal are presented in two distinct times. The Samaakhyanatmak kaal covers one night and the Samaakhyaita Kaal extends eight years. The past and non-past tense are employed in the story. There is a deviation of Samaakhyanatmak order from the fifth paragraph to the fifteenth paragraph in the article in which the unusual notions of death that emerge in the mind of a teenager waiting for the execution in a prison cell, as well as recollections of occurrences from family and student life are included. That incident has played a forefront role in the story. Except for a few sentences in the fifth paragraph of the story, past tense verbs are employed in the other paragraphs. In the presented story, the samakyaata has employed past tense verbs to describe the contemporary situations and events and the depiction of the characters' mental states, while staying outside the narrative realm. The samakyaata has depicted the earlier events in the process of foregrounding the narrative, and has described the events occurring in one night as an immediate narrative sequence. It has been concluded that Samaakhyaita Kaal has occupied more time than that of the Samaakhyanatmak kaal mainly because the Samaakhyanatmak kaal is confined to just one night and the Samaakhyaita Kaal lasts eight or nine years.  The materials from primary and secondary sources and library study were used to prepare the present article. Based on the theoretical assumptions of Samaakhyanatmak kaal, the method of text analysis has been employed to explore the facts in the story. APA method has been employed for referencing the source materials in the present article.}

Downloads

Download data is not yet available.
Abstract
0
pdf
0

Author Biography

लतादेवी LataDevi पौडेल Poudel, त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस विराटनगर Tribuvan University, Degree Campus, Biratnagar.

  उप प्राध्यापक. नेपाली Lecturer, Nepali

Downloads

Published

2025-01-06

How to Cite

पौडेल Poudel ल. L. (2025). एकरात कथामा समाख्यानात्मक काल {Samaakhyanatmak Kaal in a One-night Story} . Rupantaran: A Multidisciplinary Journal, 9(01), 197–209. https://doi.org/10.3126/rupantaran.v9i01.73572

Issue

Section

Articles