‘हर्कबहादुर’ कवितामा अवरजन {Subaltern in the Poem "Harkabahadur"}

Authors

  • यज्ञप्रसाद Yagyaprasad गुरागाईं Guragain त्रिभुवन विश्वविद्यालय धनकुटा बहुमुखी क्याम्पस‚ धनकुटा Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

DOI:

https://doi.org/10.3126/rupantaran.v9i01.73520

Keywords:

सवाल्टर्न subaltern , शरीर राजनीति body politics, सीमान्तीकृत marginalized , समाख्याता interpreter

Abstract

कवि दिनेश अधिकारीद्वारा रचना गरिएको ‘हर्कबहादुर’ कवितामा प्रयोग भएको अवरजनको अध्ययनमा यो लेख केन्द्रित रहेको छ । समाजमा निर्धा, निमुखा, एवं उपेक्षित वर्गलाई अवरजन भनिन्छ । उक्त कवितामा अवरजनको प्रयोगको अवस्था के कस्तो छ भन्ने मुख्य समस्याको समाधानार्थ अवरजनिक प्रयोगको अवस्था पत्ता लगाउनु यस लेखको उद्देश्य रहेको छ । यहाँ पुस्तकालयमार्फत सङ्कलन गरिएका 'हर्कबहादुर' कविताका सान्दर्भिक कवितांशलाई प्राथमिक स्रोतका सामग्री र विभिन्न पुस्तक, पत्रपत्रिका तथा अनलाइन लेखहरूलाई द्वितीय स्रोतका सामग्री मानी तिनको उपयोग गरिएको छ । गुणात्मक ढाँचामा आधारित भई तयार गरिएको यस लेखमा प्रस्तुतीकरणका विधिका रूपमा भने विश्लेषणात्मक विधिको अवलम्बन गरिएको छ । कवितामा अवरजनिक प्रयोगको अवस्था पत्ता लगाउन अवरजन पात्रको उपस्थिति, अवरजनसूचक चारित्रिक अभिलक्षण, पात्रको कार्यव्यापार र प्रतिनिधित्व तथा लेखकीय पक्षधरतालाई सूचकका रूपमा उपयोग गरिएको छ । अन्तमा हर्कबहादुरलाई पात्रका रूपमा उपस्थित गराई निम्नवर्गीय नेपालीहरूको अवरजनिक अवस्थाको प्रस्तुतीकरण गरिएको यो कविता अवरजन प्रयोगको नमुना रचना हो भन्ने निष्कर्ष निकालिएको छ ।

{The article centers around the study of subaltern use in the poem "Harkabahadur" composed by the poet Dinesh Adhikari. Weak, voiceless, and neglected groups of society are called subaltern. The objective of the article is to find out the solution to the main issue on the use of subaltern in the poem. The excerpt of the poem Harkabahadur collected from the library is used as the primary source, and various books, newspapers, and online articles are used as secondary sources. The article, based on qualitative structure, adheres to analytical method as a presentation method. In order to discover the condition of subaltern use, presence of subaltern character, characteristics of subaltern indicators, profession/affair of the characters, and representation, as well as writer's prejudice, have been used as indicators. Finally, the article concludes that the poem is a sample composition of subaltern use which presents Harkabahadur as a character portraying subaltern condition of lower-class Nepali.}

 

Downloads

Download data is not yet available.
Abstract
1
pdf
0

Author Biography

यज्ञप्रसाद Yagyaprasad गुरागाईं Guragain, त्रिभुवन विश्वविद्यालय धनकुटा बहुमुखी क्याम्पस‚ धनकुटा Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

 उपप्राध्यापक, नेपाली Lecturer, Nepali

Downloads

Published

2025-01-06

How to Cite

गुरागाईं Guragain य. Y. (2025). ‘हर्कबहादुर’ कवितामा अवरजन {Subaltern in the Poem "Harkabahadur"}. Rupantaran: A Multidisciplinary Journal, 9(01), 172–185. https://doi.org/10.3126/rupantaran.v9i01.73520

Issue

Section

Articles