शिक्षण सिकाइमा च्याट जीपीटी (ChatGPT)को प्रयोग {Use of Chat GPT in Teaching Learning}

Authors

  • मीनप्रसाद Minprasad अधिकारी Adhikari त्रिभुवन विश्वविद्यालय‚ धनकुटा बहुमुखी क्याम्पस‚ धनकुटा Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta

DOI:

https://doi.org/10.3126/rupantaran.v9i01.73518

Keywords:

च्याट जीपीटी ChatGPT, डिजिटल सामग्री digital materials, प्रविधि technology, शिक्षण विधि teaching methods, शिक्षण सिकाइ teaching learning

Abstract

प्रस्तुत लेख शिक्षण गतिविधिमा प्रविधिले पारेको प्रभाव र त्यसको उचित प्रयोगको अध्ययनमा केन्द्रित रहेको छ । वर्तमान समयमा कक्षाशिक्षणमा सङ्लग्न शिक्षक तथा विद्यार्थीहरूले कुनै न कुनै रूपमा प्रविधिलाई अवलम्बन गर्ने गरेको अवस्थामा प्रविधिका विविध साधनहरू (Tools) मध्ये पनि आफ्नो शिक्षण सिकाइ गतिविधिका लागि च्याट जीपीटी (ChatGPT) लाई प्रयोग गरेको बारेमा लेख तयार गरिएको छ । यसका लागि धनकुटा नगरपालिकाभित्रका दुई संस्थागत र दुई सामुदायिक विद्यालयका कक्षा नौ र दस कक्षामा शिक्षण गर्ने १२ जना शिक्षकहरू र १६ जना  विद्यार्थीहरूसँग कुराकानी र अन्तर्वार्ता गरिएको छ । नेपाली, अङ्ग्रेजी र सामजिक तिन ओटा विषय अध्यापन गराउने शिक्षकहरूसँग गरिएको कुराकानी र अन्तरवार्तामा आधारित यो लेखमा शाब्दिक तथ्याङ्कको प्रयोग गरिएको छ । प्राथमिक स्रोतका तथ्याङ्कको बढी प्रयोग भएको भएता पनि सैद्धान्तिक पक्षका लागि द्वितीय स्रोतलाई पनि यसमा उचित प्रयोग गरिएको छ साथै लेखक स्वयम्ले शिक्षक र विद्यार्थीसँग फरक फरक समयमा गरिएको कुराकानीका आधारमा प्रविधिका साधनहरू मध्ये च्याट जीपीटीको प्रयोग अवस्था र शिक्षणमा यसको प्रभावको वर्णन विश्लेशण यस लेखमा उल्लेख गरिएको छ । वर्तमान शिक्षणकार्यलाई प्रविधिबाट टाढा राखेर हेर्न नसक्ने अवस्था हाम्रो सामू टड्कारो बनेको छ  कुरा अध्ययनबाट देखिन्छ । बढ्दो वैज्ञानिक उपकरण र सरकारी नीतिको स्पष्टताका कारणले पनि शिक्षणमा प्रविधि घुसेको कुर अध्ययनका क्रममा पनि देखिन्छ । शिक्षक विद्यार्थी दुबैको ध्यान अबका दिनमा परम्परित शिक्षणभन्दा फरक खालको नयाँपनका लागि मोडिएको कुरा अध्ययनका क्रममा प्रत्यक्ष भेट हुँदा शिक्षकहरूले समेत बताए । शिक्षणका विधिहरू पनि समयानुकुल परिमार्जित हुन थालेका छन् । पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सामग्री, शिक्षणका तौर तरिकाहरू सबैमा अब प्रविधिको नजानिँदो प्रवेश भएको छ । त्यो प्रवेशको पछिल्लो कुरा भनेको च्याट जीपीटी (ChatGPT) हो । यस च्याट जीपीटी (ChatGPT) मा कुनै पनि खोजिएको कुराको सहज उपलब्धताले पनि शिक्षण सिकाइमा यसको प्रयोग अवस्थामा बढोत्तरी भएको अवस्था छ । यसलेखमा शिक्षण सिकाइका क्रममा प्रविधिको प्रयोग हुने गरेको र त्यसमा पनि सहजताका लागि च्याट जीपीजीलाई शिक्षक विद्यार्थी दुबैले प्रयोग गर्ने गरेको पाइएको छ ।

{The article centers around the impact of technology in teaching activity and the study of its appropriate application. This article is prepared on the use of Chat GPT for teaching learning activity amidst various other tools available, in which teachers and students involved in the classroom teaching adhere to 12 teachers and 16 students (of class 9 and 10) are interviewed from 2 institutional and 12 community schools of Dhankuta municipality. Based on conversation and interviews with teachers of Nepali, English and Social Studies, this article uses lexical analysis. Despite the use of primary sources, statistics prominently, secondary sources are used suitably for theoretical aspects along with the writer's self-analysis on the use of Chat GPT among various technological tools and its impact on teaching based on the conversation with teachers and students on different occasions. The study presents how technology cannot be kept afar from teaching-learning activity. It is known during the studies that increment in scientific equipment and clarity in government policy have resulted in the invasion of technology in teaching. The teachers have stated during the direct encounters for the studies that the concentration of both teachers and students have pivoted towards newness from traditional teaching. Teaching methods are being modified as per the time. Technology has unknowingly entered in curriculum, textbook, teaching material, and teaching methods. The latest entry is Chat GPT. The use of Chat GPT is increasing due to the easy accessibility of any information. This article finds out the use of technology in teaching-learning and, more specifically, the use of Chat GPT by teachers and students for convenience.}

Downloads

Download data is not yet available.
Abstract
1
pdf
0

Author Biography

मीनप्रसाद Minprasad अधिकारी Adhikari, त्रिभुवन विश्वविद्यालय‚ धनकुटा बहुमुखी क्याम्पस‚ धनकुटा Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta

 उप प्राध्यापक, नेपाली शिक्षा Lecturer, Nepali Education

Downloads

Published

2025-01-06

How to Cite

अधिकारी Adhikari म. M. (2025). शिक्षण सिकाइमा च्याट जीपीटी (ChatGPT)को प्रयोग {Use of Chat GPT in Teaching Learning}. Rupantaran: A Multidisciplinary Journal, 9(01), 160–171. https://doi.org/10.3126/rupantaran.v9i01.73518

Issue

Section

Articles