सङ्कटमा जातीय पहिचानः पूर्वी नेपालमा बसोबास गर्ने याक्खा जातिको अध्ययन {Ethnic Identity in Threat: A Study of Yakkha Community Residing in Eastern Nepal}
DOI:
https://doi.org/10.3126/rupantaran.v9i01.73510Keywords:
याक्खा Yakkha , थुम thum, जाति caste, आदिवासी/जनजाति indigenous/ethnic , सङ्कट threat, पहिचान identificationAbstract
नेपालमा परापूर्वकालबाट नै आफ्नो छुट्टै भाषा, संस्कार, संस्कृति र ऐतिहासिक थातथलो समेत किटान भएको याक्खा जातिको बारेमा हालसम्म पनि धेरै प्राज्ञिक व्यक्तित्व लगायत अनुसन्धानकर्ताहरूमा जानकारी कममात्रै भएको अवस्थामा नेपालभित्रै रहेको याक्खा जातिको बारेमा सबैलाई जानकारी दिने उद्देश्यले यो लेख तयार गरिएको छ । योसँगै यस लेखमा याक्खा जातिको परिचय तथा ऐतिहासिक पृष्ठभूमिको खोजि गर्ने र याक्खा जाति कसरी सिमान्तकृत बनिरहेका छन् भन्ने उल्लेख गरिएको छ । यो लेख तयार गर्ने क्रममा हालसम्म प्राप्त याक्खा जाति र किरात समुदायको बारेमा गरिएका लेख तथा प्राचीन दस्तावेज र अन्य प्रकाशनहरूको मिहिन विश्लेषण गरी वर्णनात्मक रूपमा रूपमा यहाँ प्रस्तुत गरिएको छ । विभिन्न ऐतिहासिक दस्तावेजको अध्ययनबाट याक्खा जातिको आफ्नै विशिष्ट प्राचिन ईतिहाँस रहेको, आफ्नै भौगोलिक क्षेत्र भएको, संस्कार, संस्कृति तथा भाषा रहेको यद्यपि यस जातिको बारेमा अध्ययन र अनुसन्धानमा कममात्र ध्यान गएकाले यो जातिको चिनारी तथा पहिचान स्थापनामा चुनौती देखिएका छन् ।
{This article is prepared to provide complete information on the Yakkha ethnic group residing in Nepal, who have a distinct language, culture, tradition, and specific historical habitation since ancient Nepal. However, lacking adequate information to the majority of academic personalities and researchers. This article mentions the introduction of the Yakkha group, search of historical background, and how they are becoming marginalized. This article is presented in descriptive form by thorough analysis of articles, ancient documents, and various publications that are found so far, written on the Yakkha group and Kirat community. Despite having their own distinctive history, geographical areas, culture, tradition, and language, as understood from the study of historical documents, the Yakkha group is not studied and researched enough. Hence, there seems to be challenges in identification and establishment of their identity.}
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research management Cell (RMC); Dhankuta Multiple Campus, Dhankuta; Province-1, Nepal