धनकुटा जिल्लाको जनसाङ्ख्यिक अवस्था : अवसर र चुनौती (Demographic Situation of Dhankuta District: Opportunities and Challenges)

Authors

  • शन्तनु पोख्रेल (Shantanu Pokhrel) त्रिभुवन विश्वविद्यालय, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

DOI:

https://doi.org/10.3126/rupantaran.v8i01.65215

Keywords:

जनघनत्व (Population density), साक्षरता (literacy), प्रजनन दर (fertility rate), जनसङ्ख्याको आकार ( population size)

Abstract

यस लेखमा राष्ट्रिय जनगणना २०७८ अनुसार धनकुटा जिल्लामा भएको जनसङ्ख्याको वर्तमान अवस्था यसले पारेका असरहरूको अध्ययन गरिएको छ । यसमा धनकुटा जिल्लाका स्थानीय तहका जनसङ्ख्याको आकार, वृद्धिदर, घरपरिवार सङ्ख्या, परिवारको औषत आकार, जनघनत्व, जनसङ्ख्याको उमेरतग संरचना, अपाङ्गता, विवाहको स्थिति, जाति, भाषा र धर्म अनुसारको जनसङ्ख्या तथा अनुपस्थिति जस्ता विषयको अवस्था र यिनले पारेको असरका बारेमा प्रकाश पारिएको छ । धनकुटा जिल्लामा जनसङ्ख्याको वर्तमान अवस्था के कस्तो छ र यसबाट उत्पन्न चुनौतीको कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित यस लेखमा यस जिल्लाको जनसाङ्ख्यिक अवस्था र त्यसका चुनौतीहरूको अध्ययन गर्ने उद्देश्य राखिएको छ । सङ्ख्यात्मक तथ्यको उपयोग गरी लेखिएकाले यो लेख परिमाणात्मक ढाँचामा लेखिएको छ । यसमा राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्याङ्कहरूको उपयोग गरिएकाले यो लेख मूलतः द्वितीय स्रोतको सामग्रीमा आधारित भई तयार गरिएको छ । प्रस्तुतीकरणका विधिका रूपमा यहाँ तुलनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । घट्दो जनसङ्ख्याको आकार र प्रजननयोग्य महिलाहरूको सङ्ख्या वृद्धि हुनुले जनसङ्ख्या व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको र यस्ता चुनौतीहरूलाई बेलैमा व्यवस्थापन गर्न सम्बन्धित सबैले उचित ध्यान दिन सकेको खण्डमा धनकुटा जिल्लाको समृद्धि सुनिश्चित गर्न सकिन्छ भन्ने निष्कर्ष यहाँ निकालिएको छ ।

(In this article, according to the National Census 2078, the current situation of the population in Dhankuta district and its effects have been studied. In this, the size of the local population of Dhankuta district, growth rate, number of households, average size of the family, population density, age structure of the population, disability, marital status, population according to caste, language and religion and the situation of absenteeism and their effects have been highlighted. In this article focusing on the main problem of what is the current state of population in Dhankuta district and what are the challenges arising from it, the purpose of this article is to study the demographic situation of this district and its challenges. Since this article is written using numerical facts, this article is written in a quantitative format. Since the statistics of National Census 2068 and 2078 are used in this, this article is basically prepared based on the content of secondary sources. Comparative and analytical methods have been used here as a method of presentation. It is concluded here that due to the decreasing size of the population and the increase in the number of fertile women, it is very challenging to manage the population and if concerned stakeholders can pay proper attention to managing such challenges, the prosperity of Dhankuta district can be ensured.)

Downloads

Download data is not yet available.
Abstract
44
PDF
32

Author Biography

शन्तनु पोख्रेल (Shantanu Pokhrel), त्रिभुवन विश्वविद्यालय, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

उपप्राध्यापक,  जनसङ्ख्या अध्ययन

Downloads

Published

2024-05-02

How to Cite

पोख्रेल Pokhrel श. S. (2024). धनकुटा जिल्लाको जनसाङ्ख्यिक अवस्था : अवसर र चुनौती (Demographic Situation of Dhankuta District: Opportunities and Challenges). Rupantaran: A Multidisciplinary Journal, 8(01), 198–210. https://doi.org/10.3126/rupantaran.v8i01.65215

Issue

Section

Articles