'मकवानी बाला' महाकाव्यमा नीतिपरक वक्रता (Ethical Curvature in the Makwani Bala Epic)

Authors

  • यज्ञप्रसाद गुरागाईँ (Yagyaprasad Guragain) त्रिभुवन विश्वविद्यालय, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

DOI:

https://doi.org/10.3126/rupantaran.v8i01.65211

Keywords:

पुरुषार्थ चतुष्टय(Purushartha Chatushtaya), विच्छित्ति (Vichhitti), उत्कर्षशाली (Exuberant), सहृदय (Compassionate)

Abstract

यस लेखमा मकवानी बाला महाकाव्यमा निहित नीतिपरक वक्रता प्रयोगावस्थाको अध्ययन गरिएको छ । नीतिपरक वक्रतालाई लोकव्यवहार प्रधान वक्रता पनि भनिन्छ । यो कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्तका स्थूल भेदमध्येको एक वाक्य वक्रताको उपभेद हो । काव्यमा धर्मादि पुरुषार्थ चतुष्टय (धर्म, अर्थ, काम र मोक्ष) सिद्धिको उपकार गर्ने पदार्थलाई नै नीतिपरक वक्रता भनिन्छ । मकवानी बाला महाकाव्यमा यस प्रकारको नीतिपरक वक्रताको अवस्था के कस्तो रहेको छ भन्ने समस्यालाई मूल समस्याकथनका रूपमा लिई सोअनुरूप उक्त काव्यमा निहित नीतिपरक वक्रताको अवस्था पत्ता लगाउने उद्देश्य यस लेखमा राखिएको छ । यस अध्ययनबाट उक्त काव्यमा व्यक्त नीतिपरक वक्रताको अवस्था जानकारी हुनुका साथै यस आधारमा कुनै काव्यकृतिको अध्ययन गर्न चाहने भावी अध्ययताहरूलाई समेत यस लेखले सहयोग पुर्याउन सक्ने भएकाले यो अध्ययन औचित्यपूर्ण पनि छ । त्यसैले यस काव्यमा प्रस्तुत नीतिपरक वक्रताको अवस्थाको खोजी यहाँ गरिएको छ । यसका लागि पुस्तकालयीय पद्धतिबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ भने प्रस्तुतीकरणको विधिका रूपमा निगमनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यस प्रकारको वक्रताको अवस्था पत्ता लगाउनका लागि यहाँ देशप्रेम र राष्ट्रियता, ईश्वर र धर्म, दर्शन र विचार, संस्कार र संस्कृति, मानवता, सामाजिकता, अभिभावकता जस्ता सूचकहरू तय गरिएका छन् । यिनै सूचकहरूका आधारमा गरिएको विश्लेषणबाट प्रस्तुत काव्य नीतिपरक वक्रता प्रयोगका दृष्टिले समृद्ध बनेको छ भन्ने निष्कर्ष निकालिएको छ  ।

(In this article, the use of ethical curvature inherent in Makwani Bala epic is studied. Policy curvature is also known as public behavior dominant curvature. One of the gross distinctions of the Vakrokti theory propounded by Kuntak is the distinction of sentence curvature. In poetry, the substance that contributes to the achievement of Dharmadi Purushartha Chatushtaya (Dharma, Artha, Karma and Moksha) is called ethical curvature. The purpose of this article is to find out the state of ethical curvature inherent in the poem by taking the problem of what is the state of ethical curvature in the Makwani Bala epic as the main problem statement. This study is also reasonable as this study can help the future scholars who want to study a poetic work based on this, as well as knowing the situation of political curvature expressed in the said poem. Therefore, the situation of political curvature presented in this poem has been investigated here. For this purpose, both primary and secondary source materials collected through library methods have been used, while deductive and analytical methods have been used as presentation methods. In order to find out the state of this type of curvature, indicators such as patriotism and nationalism, God and religion, philosophy and thought, culture and humanity, sociality, parenting have been fixed here. From the analysis based on these indicators, it has been concluded that the presented poetic ethical curvature has become rich from the point of view of use.)

Downloads

Download data is not yet available.
Abstract
115
PDF
76

Author Biography

यज्ञप्रसाद गुरागाईँ (Yagyaprasad Guragain), त्रिभुवन विश्वविद्यालय, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

 उपप्राध्यापक,  नेपाली

Downloads

Published

2024-05-02

How to Cite

गुरागाईँ Guragain य. Y. (2024). ’मकवानी बाला’ महाकाव्यमा नीतिपरक वक्रता (Ethical Curvature in the Makwani Bala Epic). Rupantaran: A Multidisciplinary Journal, 8(01), 152–168. https://doi.org/10.3126/rupantaran.v8i01.65211

Issue

Section

Articles