‘घटना–चक्रको फेर’ कथामा लैङ्गिक प्रतिनिधित्व (Gender Representation in the Story ‘Ghatana-Chakra ko Pher’)

Authors

  • गुरुप्रसाद पोखरेल (Guruprasad Pokhrel) त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/rupantaran.v8i01.65207

Keywords:

उत्पीडन (Oppression), प्रभुत्व ( dominance), वर्चस्व ( hegemony), लैङ्गिक प्रतिनिधित्व (gender representation), सामन्तवादी विमर्शात्मक संरचना (feudal discursive structures)

Abstract

‘घटना–चक्रको फेर’ कथामा तत्कालीन पुरुषवादी सामन्ती पितृसत्तात्मक चिन्तन, चरित्र, संस्कार र तिनका व्यवहारको प्रतिनिधित्व गराई निरीह नारीजीवनका यथार्थलाई प्रस्तुत गरिएको छ । पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरी सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत् सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको प्रस्तुत अध्ययनमा सांस्कृतिक अध्ययनको सिद्धान्तअन्तर्गत लैङ्गिक प्रतिनिधित्वको खोजी र विश्लेषण गरिएको छ । तत्कालीन पितृसत्तात्मक सामन्ती चिन्तन र व्यवहार भएको पुरुषमुखी लैङ्गिक अन्तर्सम्बन्ध र पितृसत्ताकै केन्द्रमा निहित लैङ्गिक विचारधाराको प्रतिनिधित्व गराइएको यसमा वैरभावपूर्ण लैङ्गिक सम्बन्ध, नकारात्मक लैङ्गिक भूमिका, परम्परागत पितृसत्ता, यौनहिंसा र यौनआपराधीकरणको सजीव चित्रण गरिएको छ । निम्नवर्गीय पुरुष र नारी चरित्रका लैङ्गिक समस्याको मूल कारकका रूपमा पितृसत्तागत अहम् र दम्भ रहेको छ । प्रस्तुत लेखमा मानिसको प्राकृतिक लिङ्गका विपरीत सामाजिक, सांस्कृतिक र पारिवारिक आधारमा निर्मित विभेदकारी लैङ्गिक सम्बन्ध स्थापित भएको छ र त्यसले पारिवारिक र सामाजिक सत्ता पुरुषका हातमा सुम्पिएर असमान लैङ्गिक सम्बन्ध निर्माण गरेको कुरा निष्कर्षका रूपमा प्रस्तुत छ । यसमा तत्कालीन सामन्तवादी विमर्शात्मक संरचनामा उत्पादनका साधन, उपभोग, वितरण प्रणाली र श्रमको मूल्य निर्धारणमा सामन्तवादी चिन्तन र व्यवहारबाट दीक्षित पुरुषले नारीको सहभागिता शून्य गराएकाले तत्कालीन नारीहरूको अवस्था पुरुषआश्रित उत्पीडित र अधीनस्थ बनेको देखाइएको छ । तत्कालीन सामन्ती उत्पादनसम्बन्धमा आधारित पितृसत्तात्मक समाजमा विद्यमान पुरुष वर्चस्व र अधीनस्थताको जर्जर अवस्था प्रस्तुत गरिएको यस कथाका सबै तथ्यहरू हेर्दा तत्कालीन समाजको लैङ्गिक अन्तर्सम्बन्ध अमानवीय, असन्तुलित र असमानतापूर्ण थियो भन्ने निष्कर्ष यस लेखमा प्रस्तुत गरिएको छ । यसमा तत्कालीन पितृसत्तात्मक संस्कार र चिन्तनयुक्त सामाजिक संरचनाका कारणले पुरुषबाट नारीहरू चरम यौनशोषणमा परी शक्तिहीन र सीमान्तीकृत बनाइएको र पुरुषहरू यौनपिपासु बनी यौन सुखभोगमा लिप्त रहने विकृत अवस्थाको मर्मपूर्ण प्रस्तुति गरिएको छ ।  

(“Ghatana Chakra ko Pher” portrays the then male-dominated feudalistic patriarchal notion, character, culture and its behavorial representation of the reality of innocent women. This article explores the search of gender representation and analysis through the application of the method of survey, micro study and analytical method by collecting materials through library. It portrays the male dominated gender interrelationship and discriminatory gender relationship, negative gender role, conventional patriarchy, sexual crimes and sexual offences by representing the then patriarchal feudalistic notion and behaviour. The major cause of gender issue prevalent among middle class men and women are ego and arrogance of patriarchy. The article establishes discriminatory gender relation based on the contradictory social, cultural and familial values which presents the outcome of the establishment of discriminatory gender relationship by handing over the familial and social authority to men. It shows the condition of the then tormented and subservient women relying on men due to zero involvement of the women by the men who were preoccupied by the notion of contemporary feudalistic critical structure which determined means of production, utilization, distribution method and value of labour. This article concludes by examining entire facts that the contemporary gender interrelationship of the society was inhumane, imbalanced and inequal as this story presents the prevalence of the superiority of men and miserable condition of subservience rooted on patriarchal society based on contemporary feudal production. It presents patriarchal culture and thoughtful social structure which resulted in powerlessness and marginalization of women in the hands of men through extreme sexual abuse and deformed social situation due to men drenched in sexual fulfillment.)

Downloads

Download data is not yet available.
Abstract
58
PDF
29

Author Biography

गुरुप्रसाद पोखरेल (Guruprasad Pokhrel), त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ

उपप्राध्यापक,  नेपाली  

Downloads

Published

2024-05-02

How to Cite

पोखरेल Pokhrel ग. G. (2024). ‘घटना–चक्रको फेर’ कथामा लैङ्गिक प्रतिनिधित्व (Gender Representation in the Story ‘Ghatana-Chakra ko Pher’). Rupantaran: A Multidisciplinary Journal, 8(01), 104–118. https://doi.org/10.3126/rupantaran.v8i01.65207

Issue

Section

Articles