‘फुल्यो गुराँस’ गीतमा वक्रोक्ति (Vakrokti in the song 'Fulyo Guransa')

Authors

  • Yagya Prasad Guragain (यज्ञप्रसाद गुरागाई) Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

DOI:

https://doi.org/10.3126/rupantaran.v6i01.46994

Keywords:

वक्रोक्ति, वर्णविन्यास वक्रता, उपचार वक्रता, आहार्य वक्रता, आह्लादकता, स्थायी अन्तरा

Abstract

‘फुल्यो गुराँस’ पानस डिजिटल प्रा. लि. काठमाडौँद्वारा प्रस्तुत गरिएको रिले दोहोरी गीत हो । यस गीतमा तीन गायक र तीन गायिकाको स्वरमा गाइएका जम्मा तीन पुञ्ज र अठार अन्तरा छन् । यस अध्ययनमा उक्त गीतमा के कस्ता वक्रताहरू प्रयोग भएका छन् भन्ने समस्याको समाधानार्थ वक्रता प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य निर्धारण गरिएको छ । यस गीतमा आधारित भई हालसम्म कसैले पनि वक्रोक्तिपरक अध्ययन गरेको नपाइएको हुँदा अनुसन्धानगत रिक्तता पूरा गर्न गरिएको यो अध्ययन औचित्यपूर्ण पनि छ । यस लेखमा गुगल तथा युट्युबमा पाइएको उल्लिखित गीतबाट प्राथमिक स्रोतका सामग्रीहरू र विभिन्न पुस्तक तथा पत्रपत्रिकाका लेखबाट द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी तिनको उपयोग गरिएको छ । कुन्तकद्वारा प्रतिपादन गरिएको वक्रोक्ति सिद्धान्तलाई उक्त गीतमा प्रयुक्त उदाहरणबाट पुष्टि गरिएकाले यस अध्ययनमा निगमनात्मक विधिको प्रयोग गरिएको छ भने उदाहरणहरूलाई तथ्यका रूपमा प्रस्तुत गरी तिनको विश्लेषण गरिएकाले विश्लेषणात्मक विधिको समेत उपयोग भएको छ । यस गीतमा प्रयोग भएका वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, अव्युत्पन्न वक्रता र वाक्य वक्रताकाहरूको विश्लेषण यस लेखमा गरिएको छ र उक्त वक्रताका विभिन्न भेदहरूको प्रयोग भई तिनले गीतलाई शोभातिशय तुल्याएको निष्कर्ष यहाँ निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
40

Author Biography

Yagya Prasad Guragain (यज्ञप्रसाद गुरागाई), Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta.

Lecturer, Department of Nepali

Downloads

Published

2022-07-29

How to Cite

गुरागाई य. . (2022). ‘फुल्यो गुराँस’ गीतमा वक्रोक्ति (Vakrokti in the song ’Fulyo Guransa’). Rupantaran: A Multidisciplinary Journal, 6(01), 124–134. https://doi.org/10.3126/rupantaran.v6i01.46994

Issue

Section

Articles