कृष्णप्रसाद शर्मा वस्तीका खण्डकाव्यमा गीता दर्शन Krishna Prasad Sharma Wastika Khandakavyama Geeta Darshan

Authors

  • यज्ञप्रसाद Yagyaprasad गुरागाईं Gueagain TU. Dhankuta Multiple Campus त्रि.वि.धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

DOI:

https://doi.org/10.3126/rupantaran.v4i1.34245

Keywords:

गीता दर्शन, ब्रह्म चिन्तन, सत्सङ्ग, कुटी, जोसमनी सम्प्रदाय, Geeta darshan, Bramha Chintan, Sarsanga, Kuti, Josmani Sampradaya

Abstract

यो लेख खण्डकाव्यकार कृष्णप्रसाद वस्तीद्वारा लेखिएका खण्डकाव्यमा व्यक्त भएको गीता दर्शनको अध्ययनविश्लेषणमा केन्द्रित रहेको छ । महाभारत युद्धको पूर्वसन्ध्यामा श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञान, भक्ति, वैराग्यएवम् मानवदर्शनमूलक शिक्षा नै गीता दर्शन हो । काव्यकार कृष्णप्रसाद शर्मा वस्तीका विभिन्न खण्डकाव्यमायस प्रकारको दर्शनको प्रयोगको अवस्था के कस्तो रहेको छ भन्ने कुरालाई अध्ययनको मूल समस्याको समाधानयस लेखमा खोजिएको छ । यसर्थ उनका खण्डकाव्यमा गीता दर्शको प्रयोगको अवस्था पत्ता लगाउनु यसलेखको उद्देश्य रहेको छ । यस अध्ययनबाट उक्त काव्यका भावी अध्येताहरूलाई लाभ पुग्न सक्छ । यस लेखमावस्तीका खण्डकाव्यहरूलाई प्राथमिक स्रोतको सामग्री र यस काव्यका बारेमा लेखिएका लेख रचना तथाखण्डकाव्यकार वस्तीका विषयमा लेखिएका अन्य जानकारीमूलक लेखहरूलाई द्वितीय सामग्री मानी तिनकोउपयोग गरिएको छ । तथ्यहरू प्रस्तुत गरेर तिनको विश्लेषणबाट निष्कर्ष निकालिएको हुँदा यहाँ विश्लेषणात्मकविधिलाई प्रस्तुतीकरणको विधिका रूपमा चयन गरिएको छ । यस लेखमा दैवी शक्तिसम्बन्धी धारणा, ईश्वरभक्ति, सत्सङ्ग, शरीर र आत्माको सम्बन्ध, कर्मयोग, बह्मचिन्तन, पूर्वजन्म र पुनर्जन्मसम्बन्धी धारणा र सुखकोकारण जस्ता सूचकहरूको आयोजना गरी तिनका आधारमा काव्यकार वस्तीका खण्डकाव्यमा गीता दर्शनकोप्रयोगावस्था निरूपण गरिएको छ भने उनका खण्डकाव्य गीता दर्शनको प्रयोगका दृष्टिले समृद्ध छन् भन्ने निष्कर्षनिकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
184
pdf
288

Author Biography

यज्ञप्रसाद Yagyaprasad गुरागाईं Gueagain, TU. Dhankuta Multiple Campus त्रि.वि.धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

 उपप्राध्यापक, नेपाली विषय

Assistant Professor, Nepali

Downloads

Published

2020-12-31

How to Cite

गुरागाईं Gueagain य. . Y. (2020). कृष्णप्रसाद शर्मा वस्तीका खण्डकाव्यमा गीता दर्शन Krishna Prasad Sharma Wastika Khandakavyama Geeta Darshan. Rupantaran: A Multidisciplinary Journal, 4(1), 255–264. https://doi.org/10.3126/rupantaran.v4i1.34245

Issue

Section

Articles