लेख्य चिन्हको परिचय, प्रयोग, प्रकार, शिक्षणका प्रयोजन र कार्यकलाप Lekhya Chinhako Parichaya, Prayog, Prakar, Shikshanka Prayojan ra Karyakalap
DOI:
https://doi.org/10.3126/rupantaran.v3i0.31816Keywords:
लेख्यचिन्ह Lekhyachinha, महत्व Mahatwa, प्रयोग Prayog, शिक्षण र कार्यकलाप Shikshan ra KaryakalapAbstract
कथ्य भाषालाई लिपिका माध्यबाट प्रस्तुत गर्ने पद्घति नै लेखन पद्घति हो । भाषिक लेखनमा प्रयोगमा आउने चिन्हहरूलाई लेख्यचिन्ह भनिन्छ । यसमा स्वर र व्यञ्जन वर्ण बाहेकका चिन्हहरू पर्दछन् । यस्ता चिन्हहरू मध्ये केहीले वाक्यभित्रका शब्दशब्दका बीचको र वाक्यका अन्त्यको अडानलाई बुझाउने हुँदा यसलाई विरामचिन्ह पनि भनिन्छ । कार्यका आधारमा लेख्यचिन्हहरू विराम र विरामेतर गरी दुई प्रकारका हुन्छन् । यस्ता चिन्हहरूले भाषिक अभिव्यक्तिलाई शुद्घ र स्तरीय बनाउन, सरल, सहज र बोधगम्य बनाउन, लेखनलाई स्पष्ट, सान्दर्भिक र सार्थक बनाउन महइभ्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसका लागि लेख्यचिन्हको उचित र सान्दर्भिक प्रयोगमा ध्यान पु¥याउनु पर्दछ । लेख्यचिन्हको मुख्य प्रयोजन लेखन सीपको विकास गर्नु हो । तल्लै कक्षादेखि लेख्यचिन्हको शिक्षण व्यावहारिक र प्रयोगात्मक ढङ्गले गर्न सकेमा भाषिक अभिव्यक्ति सबल, सार्थक र सम्प्रेषणीय बन्दछ । लेखाइका क्रममा लेख्यचिन्हको उचित प्रयोग गरी भाषाको शुद्घ प्रयोग गर्न सक्ने बनाउनु, लेख्यचिन्हको महइभ्व बारे जानकारी गराउनु, स्तरीय मानक भाषा प्रयोग सीप विकास गराउनु, सन्दर्भ र प्रसङ्ग अनुसार लेख्यचिन्ह प्रयोग क्षमता अभिबृद्घि गर्ने प्रयोजनार्थ लेख्यचिन्हको शिक्षण गरिन्छ । पद्यका तुलनामा गद्यमा धेरै चिन्हविधानको
आवश्यकता पर्दछ । नेपाली भाषिक लेखनमा अत्याधिक प्रयोग हुने लेख्यचिन्हहरूमा अल्पविराम, अर्धविराम, पूर्णविराम, प्रश्न, उद्गार, सापेक्षविराम, योजक, निर्देशक, उद्घरण, तिर्यक् आदि पर्दछन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research management Cell (RMC); Dhankuta Multiple Campus, Dhankuta; Province-1, Nepal