शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतको उपयोग Shodh Lekh Tatha Shodh Prativedanma Sandharbha Srotko Upayog

Authors

  • तिलकप्रसाद Tilakprasad लम्साल Lamsal नेपाल खुला विश्वविद्यालय Nepal Open University

DOI:

https://doi.org/10.3126/rupantaran.v3i0.31809

Keywords:

ढाँचा Dhacha, प्राज्ञिक Pragyik, प्राविधिक Pravidhik, शोधलेख Shodhlekh, सन्दर्भस्रोत sandarbhasrot

Abstract

शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतको उपयोगका बारे प्रकाश पार्नु यस लेखको उद्देश्य हो । एमएलए पद्धतिमा आधारित भएर यस लेखमा शोधका प्राविधिक पक्षहरूको निरूपण गरिएको छ । यस सन्दर्भमा शोधलेख र शोधप्रतिवेदनमा सन्दर्भस्रोत (साइटेसन र वर्क साइटेड) देखाउने तरिकाका विविध पक्षहरूलाई उद्घाटित गर्ने काम गरिएको छ । त्यस्ता पक्षहरूमा शोधलेख वा शोधप्रतिवेदनभित्र एमएलए र एपिए दुवै शैलीमा गर्भे टिप्पणी (प्यारेन्थिेटिकल रेफरेन्स) वा उद्धरण र गर्भे सन्दर्भको प्रयोग गर्ने तरिका र उद्धृत सामग्रीको सूची वा सन्दर्भसूची (रेफरेन्स वा वर्क साइटेड) राख्ने तरिकालाई विस्तारित रूपमा प्रस्तुत गरिएको छ । दुवै शैलीमा उद्धृत सामग्रीको सूची वा सन्दर्भसूची तयार गर्दा नौ ओटा तइभ्वहरू (लेखक, शीर्षक, सङ्ग्रहको शीर्षक, अरू लेखन प्रदायकहरू सम्पादक÷अनुवादक आदि, संस्करण, अङ्क, भोलम (नम्बर), प्रकाशक, प्रकाशन मिति, र पृष्ठ स्थान) को क्रम मिलाउने तर्फ ध्यान दिनुपर्छ भन्ने तथ्यलाई यस लेखमा उजागर गरिएको छ । यसका साथै
शोधलेख (प्राज्ञिक लेख) तथा शोधप्रतिवेदन ज्यादै औपचारिक र प्राविधिक रूपले सुसङ्गठित एवं सुव्यवस्थित लेखन ढाँचा हो, जुन निश्चित शोधविधिमा आधारित हुन्छ भन्ने तथ्यलाई शोध लेखन ढाँचाका नियम पद्धतिका
आधारमा देखाउन खोजिएको छ । यसर्थ यस लेखमा शोधका निर्धारित सन्दर्भ सङ्केतका शैली वा पद्धतिहरूका आधारमा शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतलाई प्रस्तुत गर्नु पर्छ पर्छ भन्ने निष्कर्षसमेत प्रस्तुत गरिएको छ l

Downloads

Download data is not yet available.
Abstract
191
pdf
100

Author Biography

तिलकप्रसाद Tilakprasad लम्साल Lamsal, नेपाल खुला विश्वविद्यालय Nepal Open University

 नेपाली विषयको उपप्राध्यापक Deputy Professor of Nepali 

Downloads

Published

2020-10-05

How to Cite

लम्साल Lamsal त. T. (2020). शोधलेख तथा शोधप्रतिवेदनमा सन्दर्भ स्रोतको उपयोग Shodh Lekh Tatha Shodh Prativedanma Sandharbha Srotko Upayog. Rupantaran: A Multidisciplinary Journal, 3, 139–152. https://doi.org/10.3126/rupantaran.v3i0.31809

Issue

Section

Articles