‘नैकापे सर्किनी’ कथामा शक्तिसम्बन्ध "Naikape Sarkini" Kathama Shaktisambandha

Authors

  • ईश्वरा Ishwara पौडेल Poudel त्रि.वि. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर T.U. Bhojpur Multiple Campus, Bhojpur

DOI:

https://doi.org/10.3126/rupantaran.v3i0.31805

Keywords:

यातना गृह Yatana Griha, प्रभुत्व Prabhuutwa, हैकमवाद Haikamvad, शक्तिसम्बन्ध Shakti sambandha

Abstract

प्रस्तुत आलेख पारिजातको ‘नैकापे सर्किनी’ कथामा निहित शक्तिसम्बन्ध विश्लेषण गर्न केन्द्रित छ ।
पाश्चात्य क्षेत्रमा विकसित साांस्कृतिक अध्ययनको अन्तर्गतको सीमान्तीयतासम्बन्धी चिन्तनमा शक्तिसम्बन्धको
अवधारणालाई महइभ्वका साथ हेरिन्छ । साहित्यमा यो नवीन समालोचना पद्धतिका रूपमा विकसित छ । अन्तोनियो
ग्राम्सीले प्रभुत्वसम्बन्धी मान्यताको परिचर्चाका क्रममा अघि सारेको शक्ति सम्बन्धको अवधारणा फुकोलगायतका
विद्वान्को विचारबाट परिपोषित छ । समाजमा अस्तित्वमा रहेका विभिन्न वर्ग, जाति, लिङ्ग, धर्म, संस्कृति तथा
क्षेत्रीयताका बीचमा शक्तिको के कस्तो सम्बन्ध रहेको छ भन्ने कुरालाई शक्तिसम्बन्ध भनिन्छ । यस आलेखमा
शक्तिसम्बन्ध सम्बन्धी मान्यताका आधारमा ‘नैकापे सर्किनी’ कथाको विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
मुख्यतः शक्तिसम्बन्धका वर्ग, धर्म, जाति र संस्कृति जस्ता सैद्धान्तिक आधारमा पाठ विश्लेषणात्मक पद्धतिको
अनुसरण गरिएको यो गुणात्मक लेखमा विवेच्य कथामा प्रयुक्त कथ्य र सहभागीको अवस्था र समाजमा रहेको
शक्तिसंरचना र विभिन्न वर्गको हैसियतको विश्लेषण गरिएको छ । मूलतः पुस्तकालयीय विधिका आधारमा तथ्यको
सङ्कलन गरेर निर्धारित कथाको विषयविश्लेषण गरिएको यो लेख शक्ति सम्बन्धका विषयमा खोज गर्ने अनुवर्ती
खोजकर्ताका लागि उपयोगी हुन जान्छ । ‘नैकापे सर्किनी’ कथामा वर्गीय रूपमा उच्च वर्ग र माथिल्लो भनिएका
जातिले समाजमा प्राप्त भएको सम्पूर्ण शक्तिको उपभोग गरेको तर निम्न वर्ग र तल्लो मानिएका जाति यसबाट
पूण वञ्चित भएको स्पष्ट हुन्छ । लैङ्गिक रूपमा पुरुष हैकमका कारण नारीहरू शक्तिहीन र अधीनस्थ बनेका
छन् । सांस्कृतिक दृष्टिमा कथामा चित्रित समाजमा उच्च संस्कृतिको दवदवा रहेको र निम्न संस्कृति नियन्त्रित
भएको छ । यसर्थ ‘नैकापे सर्किनी’ कथामा उच्च वर्ग, पुरुष सत्ता र उच्च संस्कृति र यसका मान्यताहरूको सत्ता
कायम भएको हुनाले शक्ति उनीहरूको केद्रित रहेको र निम्न वर्ग, नारी समूह र निम्न संस्कृति नियन्त्रित र
अधीनस्थ बनेको स्पष्ट हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
187
pdf
174

Author Biography

ईश्वरा Ishwara पौडेल Poudel, त्रि.वि. भोजपुर बहुमुखी क्याम्पस, भोजपुर T.U. Bhojpur Multiple Campus, Bhojpur

 उपप्राध्यापक Deputy Professor

Downloads

Published

2020-10-05

How to Cite

पौडेल Poudel ई. I. (2020). ‘नैकापे सर्किनी’ कथामा शक्तिसम्बन्ध "Naikape Sarkini" Kathama Shaktisambandha. Rupantaran: A Multidisciplinary Journal, 3, 109–118. https://doi.org/10.3126/rupantaran.v3i0.31805

Issue

Section

Articles