श्रीमान् वीरबहादुर कथामा प्रतिरोध
DOI:
https://doi.org/10.3126/rjpkmc.v4i01.90820Keywords:
उत्पीडित,, प्रतिरोध,, प्रभुत्वशाली वर्ग,, शक्तिकेन्द्र, सीमान्तकृत वगAbstract
प्रस्तुत लेखमा रामलाल जोशीको ऐना कथासङ्ग्रहभित्रको श्रीमान् वीरबहादुर कथामा प्रतिरोधको अध्ययन गरिएको छ । सांस्कृतिक अध्ययनको एउटा महत्त्वपूर्ण पक्षका रूपमा प्रतिरोध सिद्धान्त रहेको छ । यस लेखमा श्रीमान् वीरबहादुर कथामा सीमान्तकृत वर्गप्रति शक्तिशाली वर्गले गरेको उत्पीडन र उपेक्षा कुन रूपमा प्रस्तुत भएको छ र त्यसले उत्पीडित समुदायमा उत्पन्न प्रतिरोध केकसरी प्रकट भएको छ भन्ने जिज्ञासाको समाधान गर्नु मुख्य उद्देश्य रहेको छ । यसका लागि सांस्कृतिक अध्ययनअन्तर्गत पअल डे मन र जुडिथ बटलरको प्रतिरोधसम्बन्धी अवधारणालाई प्रमुख सिद्धान्तका रूपमा अपनाइएको छ । यसमा पाठविश्लेषण विधिलाई मुख्य अध्ययन विधिका रूपमा अँगालिएको छ । यस लेखमा प्राथमिक र द्घितीयक स्रोतबाट सामग्री लिई प्रतिरोध सिद्धान्तका आधारमा अध्ययन र विश्लेषण गरी रामलाल जोशीको श्रीमान्वीरबहादुर कथाले प्रभुत्वशाली नेपाली समाजमा वर्गीय, जातीय र लैङ्गिक आधारमा उत्पीडित समुदायप्रति गरिएका उत्पीडनलाई सघन रूपमा उठाएको छ । र ती लक्षित समुदायमाथि सामाजिक, सांस्कृतिक धरातलमा भएका त्यस प्रकारका उत्पीडनका विरुद्ध पात्रका क्रियाकलापद्वारा व्यक्त गरिएका प्रतिरोधसम्बन्धी सशक्त विचारलाई अत्यन्त महत्त्वका साथ सूक्ष्म रूपमा प्रदर्शित गर्दै प्रभावशाली ढङ्गले विशेषतः लैङ्गिक प्रतिरोध सबलतापूर्वक प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।