अनि अभिमन्यु... उपन्यासमा विरोधी द्विचरको भञ्जन

Authors

  • अनुपमा रेग्मी Padmakanya Multiple Campus

DOI:

https://doi.org/10.3126/rjpkmc.v4i01.90808

Keywords:

उत्तरसंरचनावाद, केन्द्रभञ्जन, विनिर्माण, विरोधी द्विचर, संरचनावाद

Abstract

प्रस्तुत लेख रोशन थापा ‘नीरव’ले लेखेको अनि अभिमन्यु... उपन्यासमा प्रस्तुत विरोधी द्विचरको भञ्जनसम्बन्धी अध्ययनमा केन्द्रित रहेको छ । उपन्यासमा विरोधी द्विचरको भञ्जन भएको देखाउने उपन्याश अंशको छनोट गरी व्याख्या विश्लेषण गरिएका कारण प्रस्तुत लेख गुणात्मक अध्ययन पद्धतिमा आधारित रहेको छ । लेखमा पाठ विश्लेषण विधिअन्तर्गतको विषयवस्तु विश्लेषण विधिको प्रयोग गरी उपन्यासबाट विरोधी द्विचरको प्रयोग भएका सन्दर्भको खोजी गरिएको छ । प्राप्त सन्दर्भको विश्लेषण गरी ती द्विचर भञ्जन भएको अवस्थाबारे अध्ययन गरिएको छ । कृतिमा प्रस्तुत विरोधी द्विचरको भञ्जन सम्बन्धी अध्ययनका लागि कृति विश्लेषणको सैद्धान्तिक आधार उल्लेख गरी कृति विश्लेषणको ढाँचा पनि तयार पारिएको छ । यसअनुसार कृतिमा विरोधी द्विचरको भञ्जनले शब्दका परम्परित अर्थकेन्द्र भञ्जन भई अर्थगत बहुलता उजागर हुने मान्यता उल्लेख गरिएको छ । यसमा विधामिश्रण र विधाभञ्जन गरिएका उपन्यासमा विरोधी द्विचरको भञ्जन हुने अवधारणा प्रस्तुत गरिएको छ । यसै अवधारणा अनुरूप उपन्यासबाट विरोधी द्विचर भएका सन्दर्भको खोजी एवं विश्लेषण गरी विधा/पाठ, पात्र/आख्याता, सहर/गाउँ, हो/होइन, देवता/मानव, यथार्थ/कल्पना, स्वतन्त्र/परतन्त्र द्विचरको भञ्जन भएको, यसले ती द्विचरमा भएका शब्दको अर्थकेन्द्र पनि भञ्जन भई अर्थगत बहुलताको द्योतन भएको र प्रस्तुत कृति विनिर्मित खुलापाठ बनेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
5
PDF
2

Downloads

Published

2025-12-31

How to Cite

रेग्मी अ. (2025). अनि अभिमन्यु. उपन्यासमा विरोधी द्विचरको भञ्जन. Research Journal of Padmakanya Multiple Campus, 4(01), 1–13. https://doi.org/10.3126/rjpkmc.v4i01.90808

Issue

Section

Articles