सम्यक् सम्बुद्ध महाकाव्यमा बुद्धकरुणा
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86360Keywords:
उद्धार, त्रिरत्न, दिव्यदृष्टि, देशना, सद्धर्मAbstract
प्रस्तुत लेखमा कवि घनश्याम कँडेलको ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा प्रस्तुत बुद्धकरुणाको अन्वीक्षण गरिएको छ । बुद्धकरुणा भनेको बुद्धद्वारा दुःखमुक्तिसाधनाबाट स्वआर्जित ज्ञान, पीडित जीवात्माप्रतिको प्रेम, समानुभूति, सहयोग एवम् उद्धारको भावना अथवा कार्य हो । ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा बुद्धकरुणा के–कसरी अभिव्यक्त भएको छ भन्ने शोधप्रश्नमा केन्द्रित भई प्रस्तुत अध्ययन सम्पन्न गरिएको छ । कँडेलले यस महाकाव्यमा कोण्डन्यले सम्पादन गरेको ‘सम्यक् सम्बुद्ध’ का अतिरिक्त बुद्धका जीवनीहरूभित्र प्रस्तुत बुद्धको समग्र जीवनलाई विश्लेषणात्मक ढङ्गले हेरी महत्त्वपूर्ण घटना र प्रस्तुतिलाई मधुर काव्यात्मक अभिव्यक्ति दिएका छन् । यस आलेखमा भने खास गरी सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि कहाँ कहाँ गएर केकस्तो करुणादेशना दिए र ककसलाई करुणामय कृपा र उद्धार गरे अनि त्यसले वर्तमान संसारका लागि केकस्तो महत्त्व राख्छ भन्ने कुरा ‘सम्यक् सम्बुद्ध’ महाकाव्यमा जेजसरी व्यक्त भएको छ, त्यसको करुणामूलक ढङ्गबाट विश्लेषण गरिएको छ । महानता प्राप्तिको पहिलो सर्त त्याग हो । सिद्धार्थको त्याग र साधनाबाट आर्जित ज्ञान पञ्चशील, अष्टाङ्ग मार्ग, चार आर्यसत्य आदि वर्तमान विश्वका लागि लाभदायक छन् भन्दै पीडा र गलत मार्गमा परेका व्यक्तिप्रति बुद्धको करुणापूर्ण व्यवहार देखाई गुरु, नेतृत्व र न्यायाधीशको कर्तव्यतर्फ सङ्केत गर्नु प्रस्तुत महाकाव्यको उद्देश्य हो भन्ने कुरा यस लेखमा स्पष्ट पारिएको छ । गुणात्मक अनुसन्धान विधि एवम् पाठविश्लेषणात्मक ढाँचा अवलम्बन गरिएको यस लेखमा गुरु, नेता र न्यायाधीशमा बुद्धमा जस्तै आदर्श, नैतिकता र करुणा हुनुपर्छ भन्ने सारवस्तुलाई लिई प्रस्तुत महाकाव्य रचिएको हो भन्ने कुराको निष्कर्ष निकालिएको छ ।