‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86306Keywords:
अधीनस्थता, प्रतिरोधी, भुमरी, शक्तिकेन्द्रीकरण, सङ्कुचन, सांस्कृतिकAbstract
प्रस्तुत अध्ययन कुन्ता शर्माको ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । ‘पोथी बास्नुहुँदैन’ कवितामा बिम्बको शक्तिकेन्द्र निर्मितिको आधार र त्यसको प्रभावकारिता केकस्तो छ भन्ने समस्यामा यो अध्ययन आधारित छ । यसमा मूल समस्याको समाधानका लागि कवितामा प्रकटित शक्तिकेन्द्रीकरण, समयको सङ्कुचन, मूर्तताको विधान र आकाङ्क्षाको आकृति जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको निर्माण मूल रूपमा भुमरीवादअन्तर्गत मटेरेर टिमोथीको ‘भोर्टेक्स ः पाउन्ड, इलियट यान्ड लेविस’ (सन् १९७९) कृतिका आधारमा तयार पारिएको छ । शक्तिकेन्द्रको विश्लेषण सांस्कृतिक पक्षसँग सम्बन्धित शक्ति र सामाजिक प्रयुक्तिको अभ्याससम्बद्ध विषय हो । समालोचनाका क्षेत्रमा शक्तिकेन्द्र (खयचतभह) विश्लेषण कृतिमा निहित केन्द्रीकृत बिम्बको भूमिका एवम् जीवनजगत्प्रतिको विचार, ज्ञान, अनुभव र भावना सङ्केन्द्रित सर्वोच्चता पहिचानमा केन्द्रित रहन्छ । यो रचनामा निहित काव्यात्मक बिम्बहरूको तरलतामा सिर्जना भएको उच्चतम शक्तिको बिन्दु हो । यसले साहित्यिक पाठमा रहेको विचार, चेतना र अनुभूतिको प्रवाह जस्ता रचनाको शक्ति केन्द्रित गर्ने पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषणअन्तर्गत यस लेखमा शक्तिकेन्द्रीकरण, समयको सङ्कुचन, मूर्तताको विधान र आकाङ्क्षाको आकृति विश्लेषणका माध्यमबाट शक्तिकेन्द्र पहिचान गरिएको छ । नेपाली समाजको पितृसत्तात्मक चरित्र चित्रण, त्यसको उत्पीडनमा परेका महिलासँगको सम्बन्धको व्यङ्ग्यात्मक र आलोचनात्मक प्रसार एवम् पितृसत्ताबाट मुक्तिका लागि अवलम्बन गरिएका ताजा बिम्बहरूको प्रतिरोधी अभिव्यञ्जनाबाट प्रस्तुत कविता शक्तिकेन्द्रका कोणबाट प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।