नेपाली भाषामा आगन्तुक शब्दको आगमन र प्रयोग
DOI:
https://doi.org/10.3126/prajna.v126i1.86300Keywords:
अन्तर्राष्ट्रिय भाषा, आगन्तुक शब्द, नेपालीकरण, राष्ट्रिय भाषा, स्रोतभाषाAbstract
प्रस्तुत लेखमा नेपाली भाषामा प्रचलनमा रहेका आगन्तुक शब्दको आगमन र प्रयोगको अवस्थाका सम्बन्धमा चर्चा गरिएको छ । नेपाली भाषामा नेपालभित्र बोलिने विभिन्न राष्ट्रिय भाषा तथा नेपालबाहिर बोलिने अन्तर्राष्ट्रिय भाषाबाट आएर प्रयोगमा रहेका आगन्तुक शब्दहरू प्रशस्त रहेका छन् । विज्ञान प्रविधिको विकाससँगसँगै यसको प्रयोग दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । विज्ञान प्रविधिले आविष्कार गरेका नयाँनयाँ वस्तु तथा सेवाको नाम र काम एवम् अन्य विविध कारणले थपिएका शब्दहरूलाई हामीले जस्ताको तस्तै अनुकरण र प्रयोग गरेका कारणले पनि यो अवस्था सिर्जना भएको हो भन्न सकिन्छ । नेपाली भाषामा यस्ता शब्दहरू स्रोतभाषामा जस्तो छ त्यही रूपमा, नेपालीकरण गरेर स्रोतभाषामा जस्तै र नेपालीकरण दुवै रूपमा प्रयोग गरिएको भेटिन्छ । नेपाली भाषामा कुनै विषय वा क्षेत्रमा अधिकांश प्रयोग भएका तथा नेपाली शब्दसरह (जतासुकै) प्रयोग भएका आगन्तुक शब्दहरू पनि प्रशस्त रहेका छन् । एउटै अर्थ बुझाउन एउटै भाषाबाट तथा दुई वा दुईभन्दा बढी भाषाबाट आएका फरक फरक आगन्तुक शब्दहरू पनि भेटिएका छन् । केही आगन्तुक शब्दहरू अनेकार्थी रहेका छन् । यस लेखमा नेपाली भाषामा प्रयोग भएका आगन्तुक शब्दहरूको अध्ययनका लागि प्रज्ञा नेपाली बृहत् शब्दकोश (२०७९) को ४३४ (२०.६१%) नमुना पृष्ठमा रहेका नेपाली भाषामा प्रयोग भएका आगन्तुक शब्द आगमनका स्रोतभाषाहरू पहिचान गरी प्रयोग अवस्थाको चर्चा गर्दै निष्कर्ष निकालिएको छ ।