ललितपुर राज्यको शासकवर्गका सांस्कृतिक कार्यमा आपसी अन्तद्र्वन्द्व {Conflict between the ruling classes of Lalitpur state in cultural activities}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75308Keywords:
इतिहास, द्वन्द्ववाद, प्रकार्यात्मकता, सामाजिक संरचना, संस्कृतिAbstract
प्रस्तुत लेखमा ललितपुरको इतिहासमा शासक वर्गका सांस्कृतिक कार्य, त्यसको प्रयोजन र तिनीहरूबिचको आपसी अन्तरद्वन्द्वबाट सिर्जित परिस्थितिको समाजशास्त्रीय विश्लेषण गरिएको छ । नेपालको इतिहासमा किरात र लिच्छिबीकालमा ललितपुर छुट्टै राज्य थिएन । धेरैपछि मल्लकालमा मात्रै ललितपुर छुट्टै राज्य बन्यो, विभिन्न शासक फेरिए र सांस्कृतिक रूपमा समृद्ध भयो । ललितकलामा उत्कृष्ट भएपछि मात्र यसको नाम ललितपुर रहन गएको हो । त्यति बेलाको संस्कृति निर्माणमा शासकको महŒवपूर्ण योगदान हुँदाहुँदै पनि तिनीहरू बिचको अन्तरद्वन्द्वले थुप्रै पटक शक्तिको छिनाझपटी चलेको थियो र राजनीतिक उतारचढाव भएका थिए जसको समाजशास्त्रीय अध्ययनको जरुरत पर्दछ । शासक वर्गले निर्माण गरेको संस्कृतिलाई पनि संरचनात्मक प्रकार्यात्मक, द्वन्द्ववादी दृष्टिकोण र साङ्केतिक अन्तक्र्रियाको सिद्धान्तबाट बुझ्न सकिन्छ र संस्कृतिको अध्ययनले समाजको निरन्तरता र विकास बुझ्न महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । यसका लागि गुणात्मक अनुसन्धान ढाँचा र वर्णनात्मक तथा विश्लेषणात्मक व्याख्या प्रयोग गरिएको छ । ललितपुरको इतिहासमा शासक वर्गको सांस्कृतिक कार्य र तिनीहरूबिचको अन्तरद्वन्द्वलाई समाजशास्त्रीय सिद्धान्तबाट हेर्दा विभिन्न अस्थिरता र राजनीतिक परिवर्तनबिच पनि ललितपुरले संस्कृतिलाई निरन्तरता दिन सफल देखिन्छ । भूमण्डलीकरणको युगमा समेत जात्रा संस्कृतिलाई कायम राख्न सक्नु नेवार वा ललितपुरवासीको एकता नै हो । बोर्दोउले भनेअनुसार ललितपुरको सांस्कृतिक पुँजी बलियो रहेको छ ।