साकेला लोकगीतको विधाशास्त्रीय अध्ययन {A Philosophical Study of Sakela Folklore}

Authors

  • तुलसीप्रसाद Tulsiprasad गौतम Gautam

DOI:

https://doi.org/10.3126/prajna.v125i1.75307

Keywords:

खियामा, तायामा, मुन्धुम, साकेवा, सिली

Abstract

प्रस्तुत लेख किराँत राई जातिमा प्रचलित साकेला गीतको विधाशास्त्रीय अध्ययनमा केन्द्रित छ । यो अनुसन्धान गुणात्मक प्रकृतिको रहेको छ । यस अध्ययनका लागि सामग्रीको सङ्कलन स्थानीय स्रोतव्यक्ति र पुस्तकालय कार्यबाट गरिएको छ । साकेला गीत लोकगीतकै एक प्रकार भएको हुनाले यसको विश्लेषण लोकगीतकै विधागत तत्त्वहरूलाई आधार बनाई गरिएको छ । यसमा साकेला गीतको संरचना, कथ्य विषय, साकेलामा प्रस्तुत गरिने नृत्यढाँचा, प्रयोक्ता र प्रयोग क्षेत्र, भाषाशैली, लयविधान (स्थायी, अन्तरा र थेगो, वाद्यवादन), गायक÷गायिका आदिको अध्ययन गरी निष्कर्ष प्रस्तुत गरिएको छ । यस अध्ययनबाट साकेला गीत नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने राई जातिमा प्रचलित तत्स्थानिक मौलिक विशेषता भएको सांस्कृतिक पर्वगीत हो । यस गीतले त्यस जातिको वेशभूषा, वाद्यवादन, चाडपर्व आदि सांस्कृतिक सम्पदालाई अभिव्यक्त गर्नाका साथै विधाशास्त्रीय दृष्टिले परिपूर्ण रहेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
20

Downloads

Published

2024-12-31

How to Cite

गौतम Gautam त. T. (2024). साकेला लोकगीतको विधाशास्त्रीय अध्ययन {A Philosophical Study of Sakela Folklore}. Prajna प्रज्ञा, 125(1), 231–244. https://doi.org/10.3126/prajna.v125i1.75307

Issue

Section

सांस्कृतिक अध्ययन Cultural Studies