‘ठन्टी काकी’ कथामा लैङ्गिक उत्पीडन {Gender harassment in the story of 'Thanti Kaki'}
DOI:
https://doi.org/10.3126/prajna.v125i1.75300Keywords:
अधीनस्थता, पितृसत्ता, लैङ्गिक, वर्गीयता, सङ्कथनAbstract
पितृसत्तात्मक सङ्कथनमार्फत निर्मित प्रभुत्व तथा लैङ्गिक अधीनस्थता ‘ठन्टी काकी’ कथाको अन्तर्वस्तु हो । यस कथामा लैङ्गिक उत्पीडनको प्रक्रिया र कारण प्रस्तुत गरिएको छ । यसमा निम्नवर्गीय अवस्थाका कारण नारीमाथि भएको उत्पीडन र त्यसका पृष्ठभूमिमा निर्मित सामाजिक जटिलताको विषय उठान गरिएको छ । लैङ्गिक उत्पीडनको स्वरूप र प्रक्रिया यस कथाका मुख्य अनुसन्धेय पक्षहरू भएकाले प्रस्तुत लेखमा यिनै विषयलाई प्राज्ञिक समस्याका रूपमा अघि बढाइएको छ । लैङ्गिक उत्पीडनको स्वरूप र प्रक्रिया विश्लेषण तथा मूल्याङ्कन गर्ने उद्देश्यका साथ अघि बढाइएको यस अध्ययनमा वर्गीयता, पितृसत्ता, पितृसत्तात्मक सङ्कथन, सामाजिक शासनव्यवस्था र सामाजिक कुसङ्केतनजस्ता लैङ्गिक उत्पीडनका सूचकहरूलाई कृतिविश्लेषणको आधार बनाइएको छ । यसमा वर्गीयता, पितृसत्ता र सामाजिक शासनव्यवस्थाका पृष्ठाधारमा विकसित दमन, हिंसा र अन्यायलाई लैङ्गिक उत्पीडनको कारणका रूपमा विश्लेषण गरी यिनीहरूलाई उत्पीडन प्रक्रियाका उत्प्रेरकका रूपमा चिनाइएको छ । यसका साथै यस अध्ययनमा वर्गीयता सिर्जित असमानताका साथै पितृसत्तालाई लैङ्गिक उत्पीडनको प्रमुख कारणका रूपमा औँल्याइएको छ । प्रस्तुत लेखमा तत्कालीन नेपाली समाजका नारीको अधीनस्थ अवस्थाको समीक्षा गरी उनीहरूको असङ्गठित र कमजोर प्रतिरोध नै लैङ्गिक प्रभुत्वको कारण हो भन्ने निष्कर्ष निकालिएको छ ।