चीरहरण उपन्यासमा शरीर राजनीति {Body Politics in the Excision Novel}

Authors

  • शारदा Sarada खनाल Khanal

Keywords:

दाउपेच, धर्मानुकूलता, पितृसत्ता, प्रभुत्व, विनिर्मिति

Abstract

प्रस्तुत लेखमा नीलम कार्की निहारिकाकृत चीरहरण उपन्यासको शरीर राजनीतिका आधारमा अध्ययन विश्लेषण गरिएको छ । विद्यमान शरीर राजनीतिको पक्षलाई अध्ययनीय विषय बनाई त्यसैसम्बन्धी अवधारणात्मक ढाँचालाई सैद्धान्तिक आधार मानेर प्रस्तुत लेख तयार गरिएको छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सूक्ष्म पठनद्वारा स्थापित सिद्धान्तका आधारमा सन्दर्भपरक विश्लेषणसमेत गरिएकाले अध्ययन गुणात्मक प्रकृतिको छ । विवेच्य उपन्यासमा प्रस्तुत शरीर राजनीतिको विषयलाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधान खोज्न कृतिमा पितृसत्तात्मक कोणबाट भएको महिला शरीरको प्रयोग तथा शक्ति र प्रभुत्वबाट भएको मानव शरीरको प्रयोगको मात्र अध्ययन गरिएको छ । यस उपन्यासमा सबैभन्दा बढी द्रौपदी, कुन्ती, देवव्रत र पाण्डवहरूको शरीरको प्रयोग भएको छ भने गान्धारी, माद्री, अम्बा, अम्बिका, अम्बालिका, काशीनरेश, शाल्वयुवराजजस्ता पात्रहरूको शरीरको पनि उपयोग गरिएको छ । पितृसत्ताले गरेको शरीर राजनीतिमा महिला शरीर विशेष गरी द्रौपदीको शरीरको सबैभन्दा धेरै प्रयोग भएको छ । राजोचित गुणले युक्त भए पनि छोरी भएर जन्मेकै कारण यस उपन्यासमा प्रयुक्त राजकुमारीहरूलाई कुनै मूल्य दिइएको छैन बरु उनीहरूलाई आआफ्ना पिता र दाजुका राज्य जोगाउने छेकबार तथा हतियारको रूपमा उपयोग गरिएको छ । द्रौपदी पिता द्रुपदको लक्ष्यभेदन गर्न सक्ने धनुष विद्यामा सर्वश्रेष्ठ सुरवीर पुरुषसँग सुपुत्रीको विवाह गरिदिने उर्दी वा होडको सिकार भई कष्टपूर्ण जीवन भोग्न बाध्य बनाइएकी छन् भने हस्तिनापुर राज्यका सच्चा हकदार भएर पनि दासराज, मत्स्यगन्धा, धृतराष्ट्र र दुर्योधनको सत्तास्वार्थका निम्ति क्रमश: देवव्रत र पाण्डवहरू हकअधिकारबाट वञ्चित भई बलिवेदीमा चढ्न र कष्टपूर्ण जीवन भोग्न बाध्य पारिएका छन् । समग्रमा प्रस्तुत उपन्यास शरीर राजनीतिका कोणबाट अध्ययनीय भएको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
139
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

चीरहरण उपन्यासमा शरीर राजनीति {Body Politics in the Excision Novel}. (2024). Prajna प्रज्ञा, 125(1), 137-148. https://doi.org/10.3126/prajna.v125i1.75292

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

चीरहरण उपन्यासमा शरीर राजनीति {Body Politics in the Excision Novel}. (2024). Prajna प्रज्ञा, 125(1), 137-148. https://doi.org/10.3126/prajna.v125i1.75292