शकुनि खण्डकाव्यमा वक्रता {Curvature in Shakuni Khandakavya}

Authors

  • यज्ञप्रसाद Yajnaprasad गुरागाईँ Gurgai

DOI:

https://doi.org/10.3126/prajna.v125i1.75290

Keywords:

आहार्य, आह्लादकता, सहजा, , सौन्दर्यातिशयता

Abstract

शकुनि खण्डकाव्य भुवनहरि सिग्देलद्वारा लिखित खण्डकाव्य हो । महाभारतकालीन पात्र शकुनिलाई प्रमुख पात्र बनाई उनका जीवन भोगाइलाई कथानकका रूपमा प्रस्तुत गरिएको यस खण्डकाव्यमा शकुनिलाई महाभारतमा भन्दा फरक अनुकूल चरित्रका रूपमा चित्रण गरिएको छ । यस काव्यमा के कस्ता वक्रताहरू प्रयोग भएका छन् भन्ने मूल प्राज्ञिक समस्याको समाधानार्थ यस लेखमा उक्त काव्यमा प्रयोग भएका वक्रताहरूको प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य राखिएको छ । यस काव्यमा प्रयोग भएका वक्रोक्तिको अध्ययन हालसम्म कसैले गरेको नपाइएकाले यस नवीन विषयको अध्ययनले अनुसन्धानगत रिक्ततालाई पूर्ति गर्नुका साथै अध्ययनको औचित्यलाई पनि पुष्टि गरेको छ । गुणात्मक ढाँचाको अवलम्बन गरी लेखिएको यस लेखमा प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ । यहाँ वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, पदपराद्र्ध वक्रता, अव्युत्पन्न वक्रता, वाक्य वक्रता, प्रकरण वक्रता र प्रबन्ध वक्रतासम्बद्ध काव्यका प्रयोगहरूलाई तथ्यका रूपमा लिई तिनको विश्लेषण गरिएको छ । लेखको अन्तमा उक्त काव्यमा वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, पदपराद्र्ध वक्रता, वाक्य वक्रता, प्रकरण वक्रता र प्रबन्ध वक्रताका विभिन्न भेदहरूको प्रयोगका कारण यो खण्डकाव्य सौन्दर्ययुक्त भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
11

Downloads

Published

2024-12-31

How to Cite

गुरागाईँ Gurgai य. Y. (2024). शकुनि खण्डकाव्यमा वक्रता {Curvature in Shakuni Khandakavya}. Prajna प्रज्ञा, 125(1), 123–136. https://doi.org/10.3126/prajna.v125i1.75290

Issue

Section

साहित्यिक अध्ययन Literary Studies