‘सिटीहलको बुढो ज्यामीसँग’ कथामा प्रगतिवाद {Progressivism in the story 'With Old Jamie of City Hall'}

Authors

  • माया Maya घिमिरे Ghimire

Keywords:

उत्पीडन, वञ्चितीकरण, वर्गभेद, शोषण, सामन्तवाद

Abstract

प्रस्तुत लेख पारिजातद्वारा लिखित ‘सिटीहलको बुढो ज्यामीसँग’ कथामा वर्गीय भेद, शोषण, उत्पीडन र वञ्चितीकरणको प्रयोजनजस्ता चारओटा विषयगत शोध्यसमस्याको विश्लेषणमा केन्द्रित छ । प्रगतिवाद विश्वसाहित्यका सन्दर्भमा बहुचर्चित माक्र्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित सिद्धान्तका रूपमा परिचित छ । यसले कलासाहित्यलाई आर्थिक, सामाजिक, सांस्कृतिक प्रतिबिम्बनका रूपमा स्विकार्दै सर्वहारा वर्गको मुक्तिका लागि क्रान्तिलाई हतियार ठान्दछ । यसभित्र सबै प्रकारका विभेदका कारण अन्यायमा परी दमित, शोषित, पीडित हुन पुगेका सबै उत्पीडित तथा अधिकारबाट वञ्चित अटाउन सक्ने भए पनि यस अध्ययनमा समाजमा विद्यमान वर्गभेदका कारण शोषित, दमित, पीडित र अधिकारबाट वञ्चित निम्न वर्गीय श्रमिकको अवस्था र लेखकीय विचारधाराको विश्लेषण गरिएको छ । वर्गसङ्घर्षलाई आधार मानेर विश्लेषण गरिएको यस कथामा वर्गीय दृष्टिले सत्तासीन शासक वर्गको प्रभुत्वका कारण बुढो ज्यामीजस्ता निम्न वर्गीय श्रमिक भेदमा परी दमित, शोषित, पीडित भई अधिकारबाट समेत वञ्चित भएको निष्कर्ष निकालिएको छ । यस अध्ययनमा सामग्रीको सङ्कलन पुस्तकालयीय पद्धतिबाट गरिएको छ र पाठविश्लेषणमा आधारित गुणात्मक पद्धतिका माध्यमबाट अर्थापन भएको छ । अध्ययनमा समाजमा विद्यमान सामन्तवादी प्रवृत्तिका विरुद्ध श्रमिकहरू सङ्गठित हुनुपर्ने विषयलाई जोड दिँदै कथाका साक्ष्यका माध्यमबाट प्रगतिवादी चेतना पुष्टि भएको छ । सम्बोधित शैलीमा लेखिएको यस कथामा शोषित तथा उत्पीडित पात्र बुढो ज्यामीमा प्रतिरोधको भावना रहेको छैन तापनि लेखकीय विचारधारा श्रमिक र सङ्गठनमैत्री रहेको निष्कर्ष निकालिएको छ ।

Abstract
156
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

‘सिटीहलको बुढो ज्यामीसँग’ कथामा प्रगतिवाद {Progressivism in the story ’With Old Jamie of City Hall’}. (2024). Prajna प्रज्ञा, 125(1), 109-122. https://doi.org/10.3126/prajna.v125i1.75288

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

‘सिटीहलको बुढो ज्यामीसँग’ कथामा प्रगतिवाद {Progressivism in the story ’With Old Jamie of City Hall’}. (2024). Prajna प्रज्ञा, 125(1), 109-122. https://doi.org/10.3126/prajna.v125i1.75288