‘झोला’ कथामा नारीचेतना {Women's consciousness in the story of 'Jhola'}

Authors

  • फूलकुमारी Phulkumari ढकाल Dhakal

DOI:

https://doi.org/10.3126/prajna.v125i1.75284

Keywords:

उत्पीडन, पितृसत्ता, फेमेनिज्म, विद्रोहात्मक चेतना, सामन्ती सोच

Abstract

प्रस्तुत लेखमा नारीचेतनाका आधारमा ‘झोला’ कथाको विश्लेषण गरिएको छ । प्राचीन पितृसत्तात्मक समाज व्यवस्थामा नारीले भोग्नुपरेको दु:ख, कष्ट, पीडा तथा नारीको व्यक्तिगत जीवन र जीवन भोगाइका विविध घटनाक्रमहरूले नै कथामा नारीचेतनाको सिर्जना भएको छ । पितृसत्तात्मक समाज व्यवस्थाबाट आक्रान्त नारी जनजीवनको विषय उठानका क्रममा कृतिमा व्यक्त नारीचेतनाको अध्ययन, पितृसत्ताको अध्ययन, पितृसत्ताले नारीमाथि गरेको अन्याय, अत्याचार, शोषण तथा दमनले ल्याएको नारीचेतनालाई केकसरी उठान गरेको छ ? भन्ने कुराको अध्ययन गरिएको छ । पितृसत्तात्मक सामाजिक व्यवस्था तथा त्यसको परिणाम र नारीलाई पुरुषको भोगविलासी वस्तुका रूपमा मात्र उपभोग गरी पशुभन्दा पनि तल्लो दर्जाको स्थान दिइने प्रवृत्तिलाई यस कथामा मुख्य रूपमा उल्लेख गरिएको छ । ‘झोला’ कथामा केकस्ता नारीवादी चिन्तन आएका छन् र तिनको प्रयोग कसरी गरिएको छ ? कथामा व्यक्त नारीवादले के कस्तो किसिमको सन्देश दिन खोजेको छ ? भन्ने कुराको खोजी गर्नु नै यस लेखको उद्देश्य हो । त्यही नारीवादी सिद्घान्तका आधारमा मूलत: साहित्य, समाजव्यवस्था र नारीबिचको सम्बन्धलाई पितृसत्तात्मक शोषणको विरोध , पितृसत्ता र नारी उत्पीडन एवं संस्कृति र नारीविद्रोहका माध्यमबाट स्पष्ट रूपमा कथाको अध्ययन र विश्लेषण गरिएको छ । अन्त्यमा कथालाई नारीचेतनाको सिद्धान्तका आधारमा यो कथा सफल, प्रभावकारी र सौन्दर्यपूर्ण नै छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
12

Downloads

Published

2024-12-31

How to Cite

ढकाल Dhakal फ. P. (2024). ‘झोला’ कथामा नारीचेतना {Women’s consciousness in the story of ’Jhola’}. Prajna प्रज्ञा, 125(1), 97–108. https://doi.org/10.3126/prajna.v125i1.75284

Issue

Section

साहित्यिक अध्ययन Literary Studies