स्वप्नदृष्टि यात्रा–महाकाव्यमा प्रगतिवादी चिन्तन {The Dreaming Journey – Progressive Thought in the Epic}

Authors

  • फणीन्द्रराज Fanindraraj निरौला Niraula

Keywords:

प्रगतिवाद, भौतिकवाद, विश्वसाम्राज्यवाद, समाजवाद, सामाजिक शोषण

Abstract

प्रस्तुत लेखमा रामप्रसाद ज्ञवालीद्वारा लिखित स्वप्नदृष्टि यात्रा–महाकाव्यको विश्लेषण गरिएको छ । यसमा प्रगतिवादले आत्मसात् गरेका सैद्धान्तिक मान्यतालाई मूल आधार बनाएर नेपाली समाजका साथै चीन तथा उत्तरकोरियाका अनेक घटना तथा परिघटनाहरूको अभिव्यक्तिमा वर्गीय पक्षधरतालाई अनुसरण गरिएको निष्कर्ष प्रस्तुत गरिएको छ । प्रगतिवादले अवलम्बन गर्ने वर्गीय पक्षधरता, वर्गीय उन्मुक्ति, समाज रूपान्तरण आदिको अध्ययन गर्नका लागि पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । गुणात्मक ढाँचाको यस लेखमा प्राथमिक सामग्रीका रूपमा स्वप्नदृष्टि महाकाव्यलाई लिइएको छ र यसबाट प्रगतिवादी चिन्तन झल्काउने गुणात्मक प्रकृतिका श्लोकहरू छनोट गरी ती सामग्रीको विश्लेषण र मूल्याङ्कन गरिएको छ र महाकाव्यभित्रका साक्ष्य र तर्कद्वारा अध्ययनमा प्रस्तुत दाबीलाई पुष्टि गरिएको छ । द्वितीयक सामग्रीका रूपमा पाश्चात्य समालोचना तथा प्रगतिवादीवादी मान्यतासँग सम्बन्धित सामग्रीको उपयोग गरिएको छ । महाकाव्यको अध्ययन गर्दा नेपालमा भएका उन्मुक्तिका सङ्घर्षहरू, अमेरिका र जापानले उत्तरकोरियामाथि गरेको पशुवत् क्रूरता र अत्याचारबाट त्यहाँका जनताले पाएको उन्मुक्ति र अन्तर्विरोधका सन्दर्भहरू, चिनियाँ र उत्तरकोरियाली जनताले साम्राज्यवादी एवं विस्तारवादीहरूका विरुद्ध लडेका थुप्रै पक्षहरूको अध्ययनबाट महाकाव्यकारले शोषितपीडित जनताका साथै कमजोर राष्ट्रमाथि शक्तिशाली राष्ट्रबाट भइरहेको अन्याय अत्याचार निर्मूल गरी श्रमजीवी जनताको मुक्तिका लागि वर्गसङ्र्षका माध्यमबाट सत्ताको रूपान्तरण अवश्यम्भावी रहेको वैचारिकी अभिव्यक्त भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
113
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

स्वप्नदृष्टि यात्रा–महाकाव्यमा प्रगतिवादी चिन्तन {The Dreaming Journey – Progressive Thought in the Epic}. (2024). Prajna प्रज्ञा, 125(1), 83-96. https://doi.org/10.3126/prajna.v125i1.75283

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

स्वप्नदृष्टि यात्रा–महाकाव्यमा प्रगतिवादी चिन्तन {The Dreaming Journey – Progressive Thought in the Epic}. (2024). Prajna प्रज्ञा, 125(1), 83-96. https://doi.org/10.3126/prajna.v125i1.75283