‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}

Authors

  • प्रेमप्रसाद Premprasad तिवारी Tiwari

Keywords:

प्रतीक, प्रतीयमान, वाच्यार्थ, व्यङ्ग्य, व्यञ्जना

Abstract

प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताबाट अभिव्यञ्जित व्यङ्ग्यार्थ निरूपण गरिएको छ । यस लेखमा ‘आमाको सपना’ कवितालाई आधारभूत सामग्री तथा व्यञ्जना शब्दशक्तिको सिद्धान्तलाई सैद्धान्तिक पर्याधरका रूपमा ग्रहण गरिएको छ । यस लेखका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यस लेखमा वाच्यार्थपरक आर्थी व्यञ्जना, लक्ष्यार्थपरक आर्थी व्यञ्जना र व्यङ्ग्यार्थपरक आर्थी व्यञ्जनालाई आधार बनाएर कविताको व्यङ्ग्यार्थ निरूपण गरिएको छ । लामो समयदेखि समाजमा जरो गाडेर बसेको जनविरोधी शासनको अन्त्य गरी जनभावना अनुकूलको शासन स्थापनाका लागि क्रान्ति नै अन्तिम मार्ग हो भन्दै क्रान्तिका माध्यमबाट जनचाहना परिपूर्ति गर्न सकिन्छ भन्ने व्यङ्ग्यार्थ यस कवितामा प्रकट भएको कुरा प्रस्तुत लेखमा उल्लेख गरिएको छ । कवितामा आएका ‘आमा’ले नेपाल आमालाई, ‘छोरा’ले ‘नेपाली जनता’लाई र त्यो’ सर्वनामले ‘क्रान्ति’लाई बुझाएका छन् भने देशमा नयाँ व्यवस्थाको स्थापना केवल क्रान्तिका माध्यमबाट मात्र सम्भव छ भन्ने मूल कथ्य व्यञ्जना शब्दशक्तिका माध्यमबाट अभिव्यञ्जित भएको छ भन्ने विषय यस लेखमा प्रस्ट्याइएको छ । त्यसैले क्रान्ति नै परिवर्तनको संवाहक हो र जनतामा नयाँ चेतना भर्नका लागि क्रान्ति अनिवार्य छ भन्ने कुरा कवितामा आर्थी व्यञ्जना बनेर प्रकट भएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।

Abstract
133
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem ’Amako Sapna’}. (2024). Prajna प्रज्ञा, 125(1), 71-82. https://doi.org/10.3126/prajna.v125i1.75282

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem ’Amako Sapna’}. (2024). Prajna प्रज्ञा, 125(1), 71-82. https://doi.org/10.3126/prajna.v125i1.75282