किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}

Authors

  • तारामणि {Taramani} राई {Rai}

DOI:

https://doi.org/10.3126/prajna.v125i1.75263

Keywords:

आद्य रूप, प्रकार्यपरक, व्यञ्जन वर्ण, व्यतिरेक, स्वर वर्ण

Abstract

प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि सबैभन्दा बढी ४० ओटासम्म व्यञ्जन वर्ण पाइन्छन् भने सबैभन्दा कम ५ देखि सबैभन्दा बढी १६ ओटासम्म स्वर वर्णको व्यवस्था रहेको देखिन्छ । भोट–बर्मेली भाषामा ५ ओटा स्वर वर्णलाई आद्य स्वर मानिन्छ जुन सबै किराती भाषामा समान तहमा पाइन्छन् । त्यसै गरी भोटबर्मेली भाषा परिवारमा आद्य व्यञ्जनका रूपमा १६ ओटा व्यञ्जन छन् जुन सबै किराती भाषामा पाइन्छन् । तर त्यसबाहेक पनि थप वर्णहरू पाइएका छन् । ती मध्ये केही इन्डो–आर्य भाषाको प्रभावका कारण देखिन्छन् भने केही आन्तरिक उत्परिवर्तनबाट पनि वर्णहरू आएका छन् । किराती समूहमा रहेका भाषाको तुलनात्मक एवं प्रकार्यपरक दृष्टिकोणले विश्लेषण गर्दा केन्द्रीय स्वर भएका र नभएका, अर्धउच्च स्वर भएका र नभएका, निम्न पश्च स्वर भएका र नभएका, दीर्घता भएका र नभएका, अनुनासिकता भएका र नभएका आधारमा सामान्यत: स्वर वर्णलाई हेरिएको छ भने व्यञ्जन वर्णलाई दन्त्य, दन्त्य–वस्त्र्य, वस्त्र्य गरी ३ समूहमा विभाजन गर्दै अति कण्ठ्य वर्ण भए–नभएको, अन्तःस्फोटक भए–नभएको, तालव्य भए–नभएको आधारमा किराती भाषामा रहेका वर्णव्यवस्थालाई तुलनात्मक एवं प्रकार्यपरक सिद्धान्तका आधारमा निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
42
PDF
33

Downloads

Published

2024-12-31

How to Cite

राई {Rai} त. {Taramani}. (2024). किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}. Prajna प्रज्ञा, 125(1), 1–22. https://doi.org/10.3126/prajna.v125i1.75263

Issue

Section

भाषिक अध्ययन Linguistic studies