खगेन्द्र सङ्ग्रौलाका कथामा प्रतिरोधी चेतना {Resistance Consciousness in the story of Khagendra Sangraula}

Authors

  • यशोदा Yashodha राई Rai ब्रिटिस गोर्खा कलेज, काठमाडौँ

Keywords:

उत्पीडन, प्रतिनिधित्व, प्रतिरोध, प्रभुत्वशाली वर्ग, सीमान्तकृत वर्ग

Abstract

प्रस्तुत लेख सांस्कृतिक अध्ययनअन्तर्गत विकसित सीमान्तीयताको सैद्धान्तिक मान्यतामा केन्द्रित रही खगेन्द्र सङ्ग्रौलाद्वारा लिखित कथाका प्रमुख प्रवृत्तिको अध्ययनमा आधारित छ । सङ्ग्रौलाका कथामा सीमान्तकृत वर्गप्रति प्रभुत्वशाली वर्गको शोषण र उत्पीडन कुन रूपमा अभिव्यक्त भएको पाइन्छ र त्यसले सीमान्तकृत वर्गमा विकसित प्रतिरोधी चेतनालाई कसरी प्रकट गरेको छ भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यसका लागि सांस्कृतिक अध्ययनअन्तर्गत आन्तोनियो ग्राम्सीद्वारा प्रवर्तित सबाल्टर्नको धारणाबाट विकसित सीमान्तीयतासम्बन्धी सैद्धान्तिक मान्यतालाई पाठविश्लेषणको मुख्य विधिका रूपमा अँगालिएको छ । आधारभूत र द्वितीयक स्र्रोतबाट सामग्र्री लिई निर्धारित सिद्धान्तका आधारमा अध्ययन र विश्लेषण गरिसक्दा यस लेखमा खगेन्द्र सङ्ग्रौलाका कथाले सामन्तवादी नेपाली समाजमा वर्गीय, जातीय र लैङ्गिक आधारमा सीमान्तकृत समुदायप्रति भएका उत्पीडनलाई सघन रूपमा उठाएका छन् र ती लक्षित वर्गहरूमाथि व्यापक सामाजिक, सांस्कृतिक धरातलमा भएका त्यस प्रकारका उत्पीडनका विरुद्ध पात्रहरूद्वारा व्यक्त भएका सशक्त स्तरका प्रतिरोधी चेतनालाई महत्त्वका साथ सूक्ष्म रूपमा प्रदर्शित गर्दै प्रभावशाली ढङ्गले प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
154
PDF
0

Author Biography

यशोदा Yashodha राई Rai, ब्रिटिस गोर्खा कलेज, काठमाडौँ

उपप्राध्यापक 

Downloads

Published

2022-12-31

How to Cite

खगेन्द्र सङ्ग्रौलाका कथामा प्रतिरोधी चेतना {Resistance Consciousness in the story of Khagendra Sangraula}. (2022). Prajna प्रज्ञा, 123(1), 154-165. https://doi.org/10.3126/prajna.v123i1.62645

Issue

Section

साहित्यिक अध्ययन Literary Studies

How to Cite

खगेन्द्र सङ्ग्रौलाका कथामा प्रतिरोधी चेतना {Resistance Consciousness in the story of Khagendra Sangraula}. (2022). Prajna प्रज्ञा, 123(1), 154-165. https://doi.org/10.3126/prajna.v123i1.62645