मुस्ताङ जिल्लाका ‘थकाली’ र ‘ल्होवा’ समुदायमा प्रचलित लोकनृत्यहरू {Popular folk dances in 'Thakali' and 'Lhowa' communities of Mustang district}

Authors

  • मुकुन्द Mukunda शर्मा Sharma पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62644

Keywords:

टिङ्ला, तोरन्ल, फाला, फावा, ल्होच्छोद्धुन

Abstract

प्रस्तुत आलेखमा मुस्ताङ जिल्लामा बसोवास गर्ने थकाली र ल्होवा समुदायमा प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषय बनाइएको छ । यस्ता नृत्यहरू आख्यानबद्ध र आख्यानमुक्त तथा पार्विक, संस्कार र सार्वजनिक उत्सव वा समारोहका अवसरमा गरिने रामरमितासँग सम्बन्धित रहेका पाइन्छन् । अध्ययनीय नृत्यमध्ये कतिपय गीतरहित वाद्यवादनका तालमा र कतिपय गेय, वाद्य र नृत्यसहितका तथा निर्धारित वेशभूषायुक्त र मुक्त वेशभूषामा तथा महिला र पुरुषको समान सहभागितामा प्रस्तुत गर्ने गरेको पाइन्छ । यिनै विशेषता नै यहाँका नृत्यगत वर्गीकरण र शैलीगत विशेषता पनि हुन् । नृत्यसम्बन्धी सैद्धान्तिक अवधारणाबाहेक मुस्ताङ जिल्ला र यहाँका थकाली र ल्होवा समुदायलाई नै अध्ययनको भौगोलिक, जातिगत र विधागत सीमा बनाई यस्ता नृत्यका बारेमा हालसम्म अध्ययन गर्ने कार्य बाँकी नै रहेको देखिएकाले अध्ययनीय नृत्यको प्रस्तुति कुन बेला केकसरी गरिन्छ भन्ने जिज्ञासाको समाधान यस आलेखमा गरिएको छ । यस आलेखका लागि नृत्यसम्बन्धी सामग्रीको सङ्कलन क्षेत्रकार्य र स्थानीय ज्ञातासँगको सोधपुछका आधारमा गरिएको छ भने सैद्धान्तिक अध्ययनका लागि पुस्तकालयीय कार्यबाट द्वितीयक स्रोतका सामग्रीको सङ्कलन गरिएको छ । यसैका आधारमा सैद्धान्तिक ढाँचाको निर्माण गरिएको छ । यसरी यस आलेख प्रयोजनका लागि अध्ययनीय नृत्यको प्रस्तुति कुन कुन बेलामा केकसरी गरिन्छ भन्ने बारेमा खोजी गरी जनसमक्ष ल्याउनु यस अध्ययनको महत्त्वपूर्ण उपलब्धि बन्न पुगेको छ । यस प्रकार मुस्ताङ जिल्लाका थकाली र ल्होवा समुदायमा प्रचलित रही अध्ययन हुन बाँकी नै रहेका यस्ता नृत्यहरूको खोजी गरी जनसमक्ष ल्याउनु आवश्यक छ भन्ने यस अध्ययनबाट देखिन आएको छ ।

Downloads

Download data is not yet available.
Abstract
19
PDF
13

Author Biography

मुकुन्द Mukunda शर्मा Sharma, पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ

सहप्राध्यापक

Downloads

Published

2022-12-31

How to Cite

शर्मा Sharma म. M. (2022). मुस्ताङ जिल्लाका ‘थकाली’ र ‘ल्होवा’ समुदायमा प्रचलित लोकनृत्यहरू {Popular folk dances in ’Thakali’ and ’Lhowa’ communities of Mustang district}. Prajna प्रज्ञा, 123(1), 140–153. https://doi.org/10.3126/prajna.v123i1.62644

Issue

Section

साहित्यिक अध्ययन Literary Studies