मोटेल अमेरिका उपन्यासमा डायस्पोरा चेतना {Diaspora Consciousness in Motel America}

Authors

  • खेमराज Khemraj भट्ट Bhatta दार्चुला बहुमुखी क्याम्पस, दार्चुला

DOI:

https://doi.org/10.3126/prajna.v123i1.62623

Keywords:

अतीतमोह, अल्पसङ्ख्यक, इच्छित भूमि, एकतासूत्र, डायस्पोरा, सीमान्तीकरण

Abstract

प्रस्तुत लेख राजव पुडासैनीद्वारा लेखिएको २०६७ सालमा साझा प्रकाशनबाट प्रकाशित ‘मोटेल अमेरिका’ उपन्यासमा डायस्पोरा चेतनाको खोजीमा केन्द्रित छ । डायस्पोरा स्वदेश छोडी परदेश गएका व्यक्तिहरूका पीडा सँगालेर लेखिएको लेखन हो । डायस्पोरा लेखनमा स्वदेशको सम्झना, परम्परा, संस्कृति र समुदायको झझल्को तथा परदेशको रोमाञ्च अनुभूति र पीडादायी क्षणहरूको प्रस्तुति गरिएको हुन्छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्री उपयोग गरिएको यस लेखमा प्राथमिक सामग्रीमा राजवको मोटेल अमेरिका उपन्यास र द्वितीय सामग्रीमा सैद्धान्तिक पुस्तक, अनुसन्धानात्मक लेख, संस्मरण तथा वेभसाइडको प्रयोग गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषणका क्रममा निगमनात्मक विधिको प्रयोग गरी उपन्यासका साक्ष्यहरूका आधारमा पुख्र्यौली भूमि र इच्छित भूमि, विभाजित मानसिकता, अल्पसङ्ख्यक तथा सीमान्तकृत हुनुको पीडा, परादेशीय हुनुको रोमाञ्च, अस्तित्वबोधका लागि एकसूत्रताको खोजी एवं अतीतमोह जस्ता आधारहरूमा उपन्यासमा डायस्पोरा चेतना खोजी गरिएको छ । प्रस्तुत उपन्यासमा काम र मामका लागि थातथलो छोड्नुपर्ने आम शिक्षित बेरोजगार नेपालीहरूको प्रतिनिधि पात्र ऊ राम शर्मा कँडेल) को अमेरिका बसाइँ एवं विगतमा काठमाडौँको घरायसी परिवेशको स्मरण केन्द्रित छ । उपन्यासका साक्ष्यहरूलाई विश्लेषण गर्दा उपन्यासमा देखापरेका प्रत्येक पात्रहरूका क्रियाकलाप तथा जीवन भोगाइमा डायस्पोरिक मूल्य र चेतनामा आधारित रहेको निष्कर्ष प्राप्त भएको छ । 

Downloads

Download data is not yet available.
Abstract
17
PDF
10

Author Biography

खेमराज Khemraj भट्ट Bhatta, दार्चुला बहुमुखी क्याम्पस, दार्चुला

शिक्षण सहायक

Downloads

Published

2022-12-31

How to Cite

भट्ट Bhatta ख. K. (2022). मोटेल अमेरिका उपन्यासमा डायस्पोरा चेतना {Diaspora Consciousness in Motel America}. Prajna प्रज्ञा, 123(1), 41–53. https://doi.org/10.3126/prajna.v123i1.62623

Issue

Section

साहित्यिक अध्ययन Literary Studies