सँगिनीमा व्यक्त संस्कृति

Authors

  • कुलराज निरौला

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60604

Keywords:

प्रतीक, ग्रहदशा, साइमन, संस्कार, बहुसांस्कृतिकता

Abstract

सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासका कारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदा जोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफू घरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरको टोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
36

Downloads

Published

2023-12-13

How to Cite

निरौला क. (2023). सँगिनीमा व्यक्त संस्कृति. Prajna प्रज्ञा, 124(2), 205–210. https://doi.org/10.3126/prajna.v124i2.60604

Issue

Section

Articles