ध्रुव नाटकमा त्यागसम्बन्धी दर्शन

Authors

  • राधिका गुरागाईँ

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60601

Keywords:

अहङ्कार, आसक्ति, भोग, भौतिक सुख, वासना

Abstract

प्रस्तुत अध्ययनमा वैदिक दर्शनका त्यागसम्बन्धी मान्यताका आधारमा ‘ध्रुव’ नाटकको विवेचना गरिएको छ । बालकृष्ण समको ‘ध्रुव’ पारिवारिक, सामाजिक एवं राजनीतिक विषयवस्तुलाई दार्शनिक ढङ्गले चित्रण गरिएको पौराणिक कथामा आधारित नाटक हो । वैदिक दर्शनका अनुसार मनुष्यले आफूलाई मूलतः भौतिक सुख, इन्द्रिय वासना र अङ्कारबाट मुक्त राख्नु त्याग हो । ‘ध्रुव’ नाटकको सारवस्तु, पात्र र संवादमा भोग एवं त्याग वृत्तिको प्रस्तुति छ । भौतिक वस्तु, इन्द्रिय वासना, दैहिक अहङ्कारले मनुष्यलाई पतनतिर लैजान्छ भने यसको त्यागले सुख, शान्ति र परम आनन्द प्राप्त हुन्छ, मानवताको कल्याण हुन्छ र जीवन धन्य बन्छ भन्ने दार्शनिक मान्यताका आधारमा नाटकमा प्रयुक्त पात्रका क्रियाकलाप र संवादको विश्लेषण गरिएको छ । उपनिषद्, गीता र वेदान्त दर्शनका त्यागसम्बन्धी मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । यसमा सामग्रीको व्याख्या विश्लेषणका निम्ति निगमनात्मक विधिको उपयोग गरिएको छ । नाटकका मुख्य पात्रहरूका राग, द्वेष, अहङ्कार, मुमुक्षा, तपस्या जस्ता भोेग र त्यागवृत्तिको अध्ययन गरी ज्ञान, प्रेम र सेवाभावले प्रेरित भएर त्यागपूर्वक गरिएको भोगले मात्र वास्तविक सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक चिन्तन यस नाटकमा प्रस्तुत भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
19

Downloads

Published

2023-12-13

How to Cite

गुरागाईँ र. (2023). ध्रुव नाटकमा त्यागसम्बन्धी दर्शन. Prajna प्रज्ञा, 124(2), 195–204. https://doi.org/10.3126/prajna.v124i2.60601

Issue

Section

Articles