‘बाढी’ कवितामा बल

Authors

  • भवीन्द्र कुँवर

DOI:

https://doi.org/10.3126/prajna.v124i2.60590

Keywords:

दुर्यान्तर, पिण्ड, प्रदुर्यान्तर, ‘बाढी’, कविता, समयान्तराल सङ्ख्या

Abstract

मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुसन्धानकार्य केन्द्रित छ । यस लेखमा सम्पर्कहीन बलका रूपमा रहेको गुरुत्व बल लगानी भई तरल पदार्थ विस्थापित हुँदाका बखत पिन्ड, प्रदुर्यान्तर, र समयान्तराल सङ्ख्या मापनीय हुने स्थिति बन्दछ र यही स्थितिको अभिव्यक्ति उक्त कवितामा रहेको प्रस्ट पारिएको छ । यस अध्ययनबाट बलसम्बद्ध त्यस्तो अभिव्यक्ति उक्त कविताको विषय, बिम्ब, प्रतीक वा व्यञ्जनाका रूपमा अभिव्यक्त हुन पुगेको पुष्टि गरिएको छ । यसप्रकार एकातिर उक्त कवितामा बलसम्बद्ध केकस्ता पक्ष वा विषयको अभिव्यक्ति केकसरी गरिएको छ भन्नेबारे प्राज्ञिक विश्लेषण गर्ने र अर्कातिर बलसँग सम्बन्धित मान्यताका आधारमा अन्य साहित्यिक पाठहरू अध्ययनका लागि मार्ग प्रशस्त गर्ने सैद्धान्तिक ढाँचा निर्माण गर्ने कार्य सम्पन्न भएको हुँदा यो अनुसन्धान कार्य नवीन विषयको प्रतिपादनका साथै नवीन मूल्य र ज्ञानको विकासका दृष्टिले समेत औचित्यपूर्ण हुन पुगेको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
19

Downloads

Published

2023-12-13

How to Cite

कुँवर भ. (2023). ‘बाढी’ कवितामा बल. Prajna प्रज्ञा, 124(2), 119–129. https://doi.org/10.3126/prajna.v124i2.60590

Issue

Section

Articles